बोनस शेयर र हकप्रद प्रस्तावमा विकास बैंक र फाईनान्सबीच प्रतिस्पर्धा, कसले कति दिने भए ?

Nov 09, 2014 Mero Lagani

बिकास बैंक र फाईनान्स कम्पनीहरुले आफ्नो पूँजी बृद्धि गर्न बोनस शेयर र हकप्रद जारी गर्ने घोषणा गरेका छन् ।
 
यसरी पूँजी बढाउने घोषणा गरेकाहरु मध्ये पछिल्लोपटक जानकी फाईनान्सले ७० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ भने साना किसान बिकास बैंक र आईसीएफसी बित्तीय संस्थाले हकप्रद दिने प्रस्ताव गरेका छन् । 
 

 

 
 
जनकपुरमा मुख्य कार्यालय रहेको जानकारी फाईनान्सले लगानीकर्तालाई ७० प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  १४ करोड ६२ लाख चुक्ता पूँजी रहेको फाईनान्सले गत आर्थिक बर्षमा ८१ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ५ रुपैयाँ कायम गरेको थियो । । बोनस शेयर जारीपछि फाईनान्सको चुक्ता पूँजी झण्डै २५ करोड पुग्नेछ । 
अघिल्लो आर्थिक बर्षमा निस्क्रिय कर्जाका कारण घाटामा गएको फाईनान्सले खराब कर्जा उठाएर निस्क्रिय कर्जालाई ५ प्रतिशतमा सिमित गरेको छ भने जगेडा कोषमा २६ करोड रुपैयाँ छ । जगेडा कोषबाट बोनस शेयर दिन लागेको कम्पनीले मंसिर २० मा साधारणसभा गर्दैछ । 
 
त्यस्तै रुरल माईक्रोफाईनान्स डेभलपमेन्ट सेन्टर(आरएमडीसी) ले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र २१.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ५२ करोड चुक्ता पूँजी रहेको आरएमडीसीले गत आर्थिक बर्षमा १८ करोड  खुद नाफा गरी प्रति शेयर आम्दानी ३५ रुपैयाँ ५५ पैसा कायम गरेको थियो । 
 
कैलास विकास बैंकले लगानीकर्तालाई गत आर्थिक बर्षमा गरेको खुद नाफाबाट १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कैलासले गत आर्थिक बर्षमा २६ करोड ६१ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी ३४ रुपैयाँ कायम गरेको थियो । 
 
त्यसैगरी प्रोफेशनल दियालो विकास बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । २० करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २ करोड २० लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ११ रुपैयाँ  कायम गरेको थियो । 
 
साना किसान बिकास बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने र लगानीकर्तालाई १५.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साना किसानका हालका शेयरधनीले २ कित्ता शेयर बराबर नयाँ १ कित्ताका लागि आबेदन गर्न पाउने छन् । २३ करोड चुक्ता पूँजी रहेको साना किसानले गत आर्थिक बर्षमा ११ करोड ५० लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ५० रुपैयाँ कायम गरेको थियो । हकप्रद जारी गरेपछि अब चुक्ता पूँजी ३४ करोड नाघ्ने छ । 
 
 
त्यस्तै आईसीएफसी बित्तीय संस्थाले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । लगानीकर्ताले हालको २ कित्ता शेयर बराबर नयाँ १ कित्ता आबेदन गर्न पाउने छन् । मंसिर १६ मा हुने संस्थाको ११ औ साधारणसभा प्रयोजनका लागि कार्तिक ३० गतेदेखि शेयरधनी दर्ता किताव बन्द हुने जनाएको छ । संस्थाको चुक्ता पूँजी हाल ३७ करोड ४३ लाख रहेकोमा हकप्रद जारीपछि ५६ करोड १४ लाख रुपैयाँ पुग्ने छ । 
 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।