एभरेष्ट ईस्योरेन्सले १ सय ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, मंसिर २३ मा विशेष साधारणसभा

Nov 23, 2014 Mero Lagani

 

एभरेष्ट ईस्स्योरेन्स कम्पनी (EIC ) ले बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउँन १ सय ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
हाल १० करोड चुक्ता पूँजी रहेको ईन्स्योरेन्सले २५ करोड रुपैयाँ पुर्याउँन हाल कायम एक शेयर बराबर १.५ का दरले हकप्रद जारी गर्न लागेको हो ।

 

निर्जिबन बीमा कम्पनीको चुक्ता पूँजी कम्तिमा २५ करोड रुपैयाँ हुनुपर्नेमा एभरेष्टले सो पूँजी पुर्याउने समयसीमा आगामी असार मसान्तसम्म पाएको छ । कम्पनीका तत्कालीन अध्यक्ष राजेन्द्र खेतान कारबाहीमा परेपछि सो ईन्स्योरेन्स बीमा समितिको निगरानीमा रहेको थियो ।


हकप्रद शेयर जारी गरी पूँजी पुर्याउने निर्णय गर्न कम्पनीले मंसिर २३ मा विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनका लागि मंसिर ९ गतेदेखि शेयरधनी दर्ता किताव बन्द हुने जनाईएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।