बिटक्वाइनको मूल्य बिहीबार पहिलो पटक, ३.१९ प्रतिशतले बढेर ९७ हजार ३९४ को स्तरमा कारोबार भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प पुन: निर्वाचित हुँदा उनकाे कार्यकाल क्रिप्टोकरन्सीका लागि अमेरिकी नियामकका दृष्टिकोणबाट सकारात्मक प्रमाणित हुने लगानीकर्ताहरूले आशा गरेका छन्। साेहि अपेक्षा अनुरूप, बिटक्वाइनको मूल्य एशियाली व्यापारमा पहिलो पटक ९७ हजारमाथि बढेकाे हाे।
क्रिप्टोकरेन्सीको मूल्य यस वर्ष दोब्बरभन्दा बढी भएको छ । ट्रम्प अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित भएपछि र कंग्रेसमा क्रिप्टो समर्थक सांसदहरू निर्वाचित भएयता याे वृद्धि देखिएकाे हाे ।बिटक्वाइन दुई सातामा करिब ४० प्रतिशतले बढेको छ।
"यद्यपि अब, यो पूर्ण रूपमा अत्यधिक खरीद गरिएको क्षेत्रमा परेकाे छ। तर बिटक्वाइनले एक लाख डलरकाे विन्दु पार गर्न सक्छ," आईजी मार्केट्स विश्लेषक टोनी साइकमोरले बताए।
एजेन्सी ।