अमेरिकाले पछिल्लो पटक प्रतिवन्धको घोषणा गरेका कम्पनीहरुमा अधिकाँश इरानी कम्पनीहरु छन् भने प्रतिवन्ध लगाएका भारतीय कम्पनीहरुमा अस्टिनशिप म्यानेजमेण्ट प्रालि, बीएसएम मरिन एल.पी., कस्मस लाइन्स इंक र फ्लक्स म्यारेटाइम एल.पी. रहेका छन् । प्रतिवन्धसंगै अमेरिकाले ती कम्पनीहरुको लागि आवश्यक पर्ने कच्चा पदार्थको साथै त्यसबाट उत्पादित समानहरुको खरिद विक्रीलाई आफ्नो देशमा पूर्णरुपमा प्रवेश निशेध गरेको छ ।
इरान र अमेरिकाबीच परम्परागतरुपमै शत्रुतापूर्ण सम्वन्ध रहेकोले इरानी कम्पनी माथिको प्रतिवन्धलाई स्वभाविक रुपमा लिइए पनि त्योसंगै जोडेर भारतीय कम्पनीहरुमाथि पनि प्रतिवन्ध लगाउनुले अमेरिका र भारतबीचको सम्वन्ध कुन हदसम्म तनावपूर्ण बन्दै गएको छ भन्ने स्पष्ट हुन्छ ।
यो कदमले भारतीय अर्थतन्त्र विस्तारमा समेत गम्भिर धक्का पुग्ने भारतीय संचारमाध्यहरुले उल्लेख गरेका छन् ।