अब बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानी बापत् छुट्याउनु पर्ने रकम कम हुने हुँदा बैंकको नाफा बढ्ने उनीहरुकाे भनाइ छ ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको समयमा असल कर्जाको नोक्सानी व्यवस्थालाई ३० प्रतिशतले बढाएर १.३ प्रतिशत पुर्याएका थिए । क्रमिक रुपमा घटाउँदै नोक्सानी व्यवस्थालाई बिदा हुने बेलामा पहिलेकै अवस्थामा गभर्नरले छोडेका छन् । अहिले वाणिज्य बैंकको कुल कर्जा ४८ खर्ब २९ अर्ब रुपैयाँ छ ।