विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसमा भारी वर्षा हुने

Jul 20, 2025 01:32 PM Merolagani



आज कोशी, वागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनले आगामी दिन दिन देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा वर्षा हुने बताइन् ।

उनले भनिन, ‘विगत २४ घण्टामा कोशी, गण्डकी प्रदेशमा थोरै स्थानहरुमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको अवस्था छ । बाँकी कोशी प्रदेश, मधेस, वागमती, गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ ।

आगामी तीन दिनको मौसमको कुरा गर्ने हो भने देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा आजको लागि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश र पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको छ । हल्कादेखि मध्यम वर्षा सबै प्रदेशमा नै हुन्छ ।’

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । विगत २४ घण्टामा सय मिलिमिटर भन्दा बढी वर्षा मापन कोशी प्रदेशकै केही स्थान र गण्डकी प्रदेशका केही स्थानहरु रहेको बताइन ।

दैनिक वर्षा भइरहेको भए थप सावधानी आवश्यक

उनले दैनिक जसो आफू बसेको स्थानमा वर्षा भइरहेको भए थोरै वर्षाले पनि प्रभावित बनाउनसक्ने बताइन । नदीमा पानीको बहाव बढ्ने भएकाले तटिय क्षेत्रका बासिन्दाहरुले थप सावधानी अपनाउनुपर्ने जरुरी रहेको बताइन। सडक यातायात गर्दा विशेष सावधानी अपनाउन जरुरी रहेको बताइन । आफू बसेको स्थानमा बाढी र पहिरोको जोखिम छ की छैन ? भनेर ध्यान दिन जरुरी रहेको बताइन् ।

मधेस प्रदेशमा आगामी दिनमा सुख्खा हुने अवस्था छैन

धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा भारी वर्षा मापन भएको छ । विगत २४ घण्टामा तुल्सीकेन्द्रमा ६६ मिलिमिटर वर्षा भएको छ । ६६ मिलिमिटर भारी वर्षा नै भएकाले मधेस प्रदेशमा धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेस प्रदेशमा आगामी दिनमा पनि सुख्खा हुने अवस्था नरहेको उनको भनाइ छ । आगामी केही दिनसम्मै मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र (आज) आईतवार राति भारी वर्षा हुने सम्भावना छ । झरी पर्ने सम्भावना नरहेको पनि बताइन् । तराईमा खडेरी नै लाग्ने अवस्था नरहेको तर पर्याप्त पानी भने नपर्ने जिकिर गरिन।

देशव्यापी रुपमा मज्जाले झरी पर्दैन

मनसुनी प्रणाली नेपालमा कसरी भित्रियो भन्ने हो । मनसुन भित्रिँदा पनि भित्रिने बित्तिकै मज्जाले वर्षा हुनेकुरा नरहेको बताइन्। मनसुन भित्रिँदा प्रिमनसुन फिचर पनि देखिन्छ, मनसुन फिचर पनि देखिन्छ । जसले पूर्वतिर बढी वर्षा हुने स्थिति रहेको बताइन्। । मनसुनको न्युन चापीय रेखा नेपाल नजिक वा नेपालको दक्षिणी बोर्डरमा हुँदा देशव्यापी रुपमा मज्जाले झरी पर्ने, पूर्वदेखि पश्चिमसम्मै सिमसिम वर्षा हुने अवस्था रहने भएपनि यस वर्ष नेपालमा मनसुनको न्युनचापीय रेखा नेपाल नजिकै आएर मज्जाले नेपालमा मनसुन पूर्ण रुपमा सक्रिय भएको अवस्था रहेको बताइन्। । अहिलेको वर्षा पनि मनसुनी वायुकै प्रभाव भएको बताइन्। । मनसुनी रेखा नेपाल नजिकै आएको कारणले मधेसमा वर्षा भइरहेको बताइन्। ।

उनले भनिन, ‘मनसुनी रेखा नेपाल नजिकै आएको कारणले मधेसमा वर्षा भइरहेको अवस्था छ । मनसुनी वर्षा विशेष गरी पहाडी क्षेत्रमा केन्द्रित हुनु भनेको नेपालको भूगोलको कारणले हो । जलवाष्पयुक्ता हावा आउँछ, त्यो पहाडमा ठोक्किसकेपछि माथिल्लो वायुमण्डलमा जाँदा बादल बन्छ र जहाँ बन्यो त्यहीँ पानी पर्दछ ।’

काठमाडौंमा पनि साधारणतया दिनभर मौसम बदली नै हुने अवस्था छ । वर्षाको सम्भावना प्रवल रहेको बताइन्।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।