आगजनीपछि क्षतिग्रस्त नक्साल स्थित भाटभटेनी सुपर मार्केटको सरसफाइ सुरु (तस्बिरहरु)

Sep 17, 2025 03:04 PM merolagani



गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा आगजनी भइ क्षतिग्रस्त नक्साल स्थित भाटभटेनी सुपरमार्केटको सरसफाइ सुरु भएको छ ।

सुपरमार्केटमा कार्यरत कर्मचारी र अन्य कामदारले आगजनी भइ जलेका वस्तुहरु छुट्याउने र सरसफाइ गर्ने काम अघि बढाएका छन् ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले क्षतिग्रस्त भाटभटेनी सुपरस्टोरहरुको सरसफाइ र पुननिर्माणमा लागेको बताए। नक्सालसहित अन्य स्टोरहरुमा पनि स्वंयम कर्मचारी र कामदारहरुद्धारा सरसफाइको काम अघि बढेको उनले बताए ।

 

नक्सालस्थित भाटभटेनी स्टाेरमा पनि जलेर नष्ट भएका सामानहरु एक ठाउँमा थुपार्ने, सरसफाइ गर्नेलगायतका काम अघि बढाइएकाे छ ।

२०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेको भाटभटेनी चेनको यो पहिलो स्टोर हो । जेनजी प्रदर्शनकारीले उक्त भाटभटेनीमा लुटपाटपछि आगजनी गरेका थिए । आगजनीपछि सुपर स्टोरका सबैजसो सामानहरु र भवन नै जलेर पूर्ण रुपमा नष्ट भएकाे थियाे ।

यस्ताे छ, आगजनीपछि नक्साल स्थित भाटभटेनी स्टाेरकाे अवस्था, तस्वीरहरूः

`




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।