'तत्कालै ठूलो पैसा उद्योग धन्दा व्यवसायमा जाने सम्भावना देखिदैन, त्यसैले पनि शेयर बजारमा सुधारकाे सम्भावना देखिन्छ'

Sep 17, 2025 05:43 PM Merolagani



मुलुकमा रातारात परिवर्तन भएको छ । संसद विघटन भएर नयाँ अन्तरिम सरकार गठन भएको छ । यो अन्तरालमा उत्साह र निरुत्सानसँग लगानीकर्ताहरु जुझेका छन् ।

मुलुकमा भएको परिवर्तनले दोस्रो बजारको लागि कस्तो प्रभाव पार्छ भन्ने दुविधा आम लगानीकर्तामा छ । युवा पुस्ताको आन्दोलनको कारण उत्पन्न विषम परिस्थितीलाई मध्यनजर गरेर शेयर बजार बन्दछ । लामो समय बन्द भएको बजार खुल्दा बजारको अवस्थालाई कसैले पनि सहझै अनुमान गर्न सकिरहेका छैनन ।

पुरानो व्यवस्था हटेर नयाँ शक्ति जुरमुराएको छ । देशमा भएको विसंगत प्रति अवाज उठ्न थालेको छ । यसरी युवाहरुको शक्तिबाट बनेको सरकार नगारिक प्रति जिम्मेवार छ । त्यसैले सबै अनुकुल भएको अवस्थामा शेयर बजारपनि सकारात्मक हुने विश्वास लगानीकर्ता तथा बजार विश्लेषक रोहन कार्कीको छ । तीनै कार्कीसँग सुधा देवकोटाले गरेको कुराकानीः

अहिले शेयर बजार बन्द छ । के शेयर बजार बन्द हुनै पर्ने अवस्था थियो वा के थियो ?

देशमा छोटो समयमा धेरै ठूलो परिवर्तन भएको छ । युवा पुस्ताले गरेको आन्दोलनका कारण धेरै अप्रिय घटनाहरु पनि घटेका छन् । धेरै युवाहरुले ज्यान गुमाउन पर्यो । आन्दोलनमा घुसपेठ भएर सरकारी, सार्वजनिक निकाय तथा निजी सम्पत्ति पनि क्षति पुर्याइएको छ । आन्दोलनमा आगो लगाउन नहुने थियो । त्यसमा पनि आगो लगाइयो । यति ठूलो जनधनको क्षति भएको बेला बजार खोलिएको भए आम सर्वसाधारण लगानीकर्ताको सम्पत्तिको क्षति हुने सम्भावना थियो । लगानीकर्ताहरु डराइरहेका थिए । निरन्तर नकारात्मक सर्किट लागेर बजार घट्ने सम्भावना थियो । केहीको स्वार्थ पूरा हुने थियो होला । तर अधिकांश लगानीकर्ताको सम्पत्ति क्षणभरमै खरानी हुने अवस्था थियो ।

त्यसैले गर्दा बजारमा मार्जिन कल आउने, बजार ध्वस्त हुने सक्ने सम्भावना रहेको थियो । धेरै लगानीकताहरु घरवार बिहीन हुनु पर्ने अवस्था सिर्जना हुन सक्ने देखिएको थियो । त्यस्तो असामान्य स्थितीमा शेयर बजारका निकाय र डाटा सेन्टरमा नै तोडफोड हुने सम्भावना थियो । शेयर कारोबार गराउने निकायहरुको सुरक्षा र आम लगानीकर्ताको सुरक्षाको लागि पनि शेयर बजार बन्द गर्नु पर्ने थियो । यस्ता अवस्थामा नेप्से र सेवोनले सुझबुझ सहित कदम चालेको हो । सम्पत्तिको सुरक्षाको लागि पनि त्याे समयमा शेयर बजार बन्द गर्नुपर्ने थियो । अब परिस्थिती सहज भएको छ । अब शेयर बजार खुलाउन सरोकारवालाहरु तयारीमा छन । अब खुल्नु पर्छ ।

विगतमा पनि शेयर बजारले यस्ता विषम परिस्थितीको सामना गरेपछि बजार राम्रोसँग बौरिएको देखिन्छ । यसपटक के होला ?

मुलुकमा परेको अप्ठ्याराे परिस्थिती बजारले सामना गर्दै आएको छ । जस्तो कि, माओवादीको जनआन्दोलन पछिको शाक्ति प्रकृयामा होस, भुईचालाे, नाकावन्दी र कोभिड पछि खुलेको बजार राम्रो भएको देखिन्छ । यस्ता परिस्थितीबाट बजार साकारात्मक रुपमा उठेको पाइन्छ । यस्तै संकट पछि शेयर बजार उदाउने गरेको पाइन्छ । यसपटक बजार साकारात्मक हुनेछ । बन्द भएपछि बजारमा सामान्य उतारचढाब हुन सक्छ । विस्तारै सम्हालिएकाे बजार सकारात्मक तर्फ निर्देशित हुने अनुमान गर्न सकिन्छ ।

यही आन्दोलन अघि पनि बजारका लागि अवस्था सहज बन्दै थियो । ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा अत्याधिक तरलता रहेको छ । यसले बजारको लागि राम्रो गर्ने हो । यद्यपि, यो आन्दोलनको कारण उद्यमी व्यवसायीहरु डराइरहेका छन् । तत्कालै ठूलो पैसा उद्योग धन्दा व्यवसायमा जाने सम्भावना देखिदैन । भएको पैसा बैंकमा आएर नै थुप्रने हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा साउन महिनामा सबै भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । झण्डै पाैने दुई खर्ब रेमिट्यान्स नेपालमा आएको छ । यो सबै पैसा सजिलै परिचालन गर्न सक्ने क्षेत्र शेयर बजार नै हो । विस्तारै शेयर बजार चलायमान हुन सुरु भयो भने आन्तरिक अर्थतन्त्र चलायमान हुन सुरु हुने छ । त्यसैले शेयर बजारमा मात्रै नभएर समग्र अर्थतन्त्रमा नै सकारात्मक बनाउने छ भन्ने कुराको विश्वास गर्न सकिन्छ ।

विगतको सरकारले पैसालाई उचित परिचालन गर्न नसकेको आरोप छ । अब थुप्रिएको पैसा कसरी परिचालित हुन्छ होला ?

यहाँ यस्तो छ । प्रणालीमा भएको पैसाको उचित रुपमा परिचालन भएन । नेपाल राष्ट्र बैंकमा थुप्रेको मात्रै थियो । यसो हुनुमा कर्जाको माग नहुनै हो । नेपालमा लगानी गर्ने लगानीकर्तालाई राजनीति वितृष्णा छ । जनताको मर्म बुझ्न नसकेको र मुलुकको हित गर्न नसकेका नेताहरुलाई देशको नेतृत्व दिनु पर्ने बाध्यता रहेको थियो ।

यो युवा पुस्ताको आन्दोलन पछि नयाँ परिवेश बनेको छ । यसले पनि उद्योग व्यवसायीहरुलाई उर्जा दिलाएको छ । केही महिनाको अन्तरालमा नै निर्वाचन हुँदैछ । सबै आम नागरिकले सोचेको जस्तो सरकार बन्ने परिवेश बन्दै गर्छ । यो आन्दोलन पछि पुरान दलहरु विगतको गल्ति महशुस गर्दै सुधार भएर आउने प्रतिकृया आउन थालेको छ । उदाएका नयाँ शक्तिहरु केही गर्ने सोच बनाएर आउन सक्ने छन् । त्यसैले पुराना पार्टीबाट राम्रा आउने र नयाँले पनि राम्रो गर्ने प्रतिवद्धता साथ आउने सम्भावना रहेको छ । त्यसैले सबै कुरा सुधार हुँदै गर्दा लगानी मैत्री वातावरण बन्ने छ । बजारमा माग उत्पन्न हुने सम्भावनाहरु धेरै छ । कर्जाको माग बढ्न थालेपछि विस्तारै अर्थतन्त्र गतिशिल हुनेछ । त्यसमाथि सबै भन्दा धेरै लगानीकर्ताको सहभागिता भएको क्षेत्र शेयर बजार हो । ५४ खर्ब भन्दा धेरै पूँजी भएको बजार चलायमान भएमा समग्र अर्थतन्त्रको लागि राम्रो हो ।

यो आन्दोलनमा निजी क्षेत्रमा पनि ठूलो क्षति भएको छ । निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको समयमा एकतर्फी रुपमा शेयर बजार सकारात्मक  हुने आधार के कस्ता छन ?

राम्रो कुरा उठाउनु भयो । मैले आन्दोलन लगत्तै लेखेको पनि थिए । लगानीकर्ता, उद्योगी र व्यवसायी भनेको राष्ट्रका प्रमुख खम्बाहरु हुन् । जसले देशमा रोजगारी सिर्जना गरेको हुन्छ । उच्च दरमा कर तिरेको हुन्छ । उत्पादन बढाउने र निर्यातमा प्रमुख योगदान हुन्छ । त्यो क्षेत्र निरुत्साहित हुने । यस्तो क्षेत्रमा वितृष्णा हुनु भनेको देशको लागि ठूलो घाटा हो । राष्ट्रले उद्योग र व्यवसायीलाई उचित रुपमा सम्मान गर्ने, लगानीको लागि थप प्रोत्साहन गर्नु पर्छ । भएका समस्या सुन्ने र समाधानको लागि सहजीकरण गर्नुपर्छ ।

युवा पुस्ताको आन्दोलनमा घुसपेट भएर क्षति पुर्याइएको छ । व्यापार व्यवसाय, सञ्चार गृह, तारे होटलहरुमा क्षति भएको छ । यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै कुरामा प्रभाव पारेको छ । विदेशी पाहुना भएको होटल जलाउँदा अन्तराष्ट्रिय पर्यटकमा असर गर्नेछ । आन्दोलनको नाममा यस्ता क्षेत्रमा आक्रमण हुनु हुँदैन । राज्यले पनि यस्ता क्षेत्रहरुमा सुरक्षा दिनुपर्छ । निजी क्षेत्र उघाे नलागे र लगानीको विश्वास बढ्न सकेन भने एकतर्फी रुपमा शेयर बजार दीगो हुन सक्दैन । नयाँ बनेको सरकार प्रति निजी क्षेत्र पनि उत्साहित छ । विस्तारै उठ्छ भन्नेमा विश्वास छ ।

नयाँ बनेको अन्तरिम सरकारमा अर्थतन्त्रका जानकार पूर्वअर्थ सचिव समेत रहेका व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएका छन् । यसले बजारमा कस्तो प्रभाव पार्छ ?

हो, अहिले बनेको सरकारको अर्थमन्त्रीबाट हामीले धेरै कुरा अपेक्षा गर्न सकिन्छ । उहाँ नेपाल सरकारको कर्मचारीको रुपमा लामो समय सेवामा अटिनु भएको र पूर्वअर्थ सचिब भइसकेको व्यक्ति हो । अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई नजिकबाट नियाल्नु भएको छ । उहाँकै संयोजकत्वमा बनेको उच्चस्तरिय आर्थिक सुधार सुझाव समितिले बुझाएको सुझावहरु कार्यान्वयनको क्रममा रहेको छ । त्यसमाथि पनि आफै अध्ययन गरेको आर्थिक सुधारको सुझाव आफैले कार्यान्वयन अझ प्रभावकारी हुने देखिन्छ ।

साथमा आगामी चुनावको लागि पैसा जुटाउनु पर्ने चुनौतिहरु छन् । सार्वजनिक निकायहरुमा पुगेको क्षतिलाई पुनर्निर्माण गर्नुपर्ने छ भने अर्कोतर्फ आन्दोलनबाट चोट पुगेका व्यवसायीलाई उत्प्रेरित गर्दै विश्वास जित्नु पर्नेछ । त्यसैगरी पूँजीबजारसँग पनि धेरै नजिक हुनुहुन्छ । त्यसैले शेयर बजारको हितमा नै काम हुनेमा विश्वास छ ।

  बाँकी भिडियोमा 

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।