बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनले भने ‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुनछ।’
हवाइ टिकट काट्दा पाँच सयसम्म क्यास ब्याक
मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाइ टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बस सेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मंसिर महिनसम्म रहनेछ । यात्रुहरूले हवाइ उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।
बससेवाबाट टिकट काट्ने पाँचजनालाई खसी उपहार
बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहार समेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा कम्पनीले गरेको हो ।
सयजनालाई फ्रि बस टिकट
बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःसुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
बस टिकट कसरी काट्ने ?
सर्वप्रथम बससेवा मोबाइल एप डाउनलोड गर्ने । त्यसपछि बस चयन गर्ने । कहाँदेखि कहाँसम्म जाने हो छान्ने । आफूलाई चाहिएको दिन चयन गर्ने । यसपछि सर्च वटममा थिच्ने । यसपछि आफू अनुकुलको समय, बस र मूल्य चयन गर्ने । यसपछि सिट छान्ने र बाँकी डिटेल्स भर्ने । रकम भुक्तानी गर्ने । आफूसँग भएको बैंक तथा अन्य वालेट सेवाबाट भुक्तानी गर्न सकिन्छ ।