मार्जिन कर्जा २.७ % बढ्यो, सबैभन्दा बढी बढाउनेमा नबिल बैंक,शेयर बजारमा कुन बैंकको कति कर्जा ?(सूचीसहित)

Sep 17, 2025 05:58 PM merolagani



सुवास निरौला

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्क प्रकाशित गरेको छ। प्रकाशित पहिलो महिनाको विवरण अनुसार बैंक वित्तीय संस्थाले तीन अर्ब ८३ करोड रुपैयाँ शेयर धितो कर्जा बढाएका छन्। जुन गत असारको तुलनामा २.७ प्रतिशत बढी हो।

साउन मसान्तसम्म  बैंक वित्तीय संस्थाले १ खर्ब ४४ अर्ब रुपैयाँ लगानी गरिसकेका छन्। गत असारमा यस्तो लगानी एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ मात्रै रहेको थियो। गत वर्षको साउन मसान्तसम्म समग्र बैंक वित्तीय संस्थाले ९१ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेकोमा चालु आर्थिक वर्षको साउन मसान्तसम्म आइपुग्दा उक्त कर्जा ५८.०६ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा प्रवाह गर्ने ५४ बैंक वित्तीय संस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ। जसमा वार्षिक रुपमा शेयर धितो कर्जा बढाउनेमा ३६ बैंक वित्तीय संस्था छन् भने ९ बैंक वित्तीय संस्थाले गत वर्षको तुलनामा शेयर धितो कर्जा घटाएका छन्। ८ बैंक वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्ने गरेका छैनन् भने एक संस्थाको तथ्याङ्कमा कुनै परिवर्तन देखिएको छैन।

प्रकाशित विवरणमा वार्षिक रुपमा सबैभन्दा बढी मार्जिन कर्जा प्रवाह गर्ने बैंक नबिल देखिएको छ। गएको एक वर्षमा सबैभन्दा बढी १६ अर्ब ५७ करोड रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गर्दै नबिल पहिलो नम्बरमा उभिएको छ। गत वर्ष सोही अवधिमा बैंकले १० अर्ब ७१ करोड रुपैयाँ प्रवाह गरेको थियो। जुन गत वर्षको तुलनामा ५४.६६ प्रतिशत बढी हो।

यसैगरी प्रतिशतको आधारमा हेर्ने हो भने सेन्ट्रल फाइनान्स सबैभन्दा अघि देखिएको छ। उसले गत वर्षको तुलनामा ६४१.४७ प्रतिशतले कर्जा बढाएको छ। जुन प्रतिशतको आधारमा सबैभन्दा बढी हो। उक्त प्रतिशतले कुनै पनि बैंक वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएका छैनन्। प्रतिशतकै आधारमा सबैभन्दा बढी शेयर धितो कर्जा बढाउने बैंक माछापुच्छ्रे छ। उसले ४२०.३० प्रतिशतले कर्जा बढाएको छ।

गएको एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले मात्रै एक खर्ब २० अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। जबकि गत वर्ष सोही अवधिमा उक्त कर्जा ७१ अर्ब ६९ करोड रुपैयाँ मात्रै थियो। एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले ६८.२३ प्रतिशतले शेयर कर्जा बढाएका छन्। गएको एक वर्षमा एनआइसी एसिया बैंकले भने शेयर धितो कर्जा ४०.०१ प्रतिशतले घटाएको छ।

विकास बैंकले मात्रै गएको एक वर्षमा १९ अर्ब ६० करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्। उनीहरूले गत वर्ष सोही अवधिमा १५ अर्ब ६८ करोड प्रवाह गरेका थिए। जुन गत वर्ष भन्दा २५.०४ प्रतिशत बढी हो। विकास बैंकमा सबैभन्दा बढी रकमको शेयर ऋण प्रवाह गर्ने बैंक मुक्तिनाथ विकास बैंक हो। उसले एक वर्षको अवधिमा तीन अर्ब ८२ करोड रुपैयाँ प्रवाह गरेको छ। गत वर्ष उसले दुई अर्ब ९४ करोड रुपैयाँ प्रवाह गरेको थियो। जुन २९.८७ प्रतिशत बढी हो। गत वर्षको तुलनामा सिन्धु विकास बैंकले ४४.८६ प्रतिशतले शेयर कर्जा घटाएको छ।

यसैगरी गएको एक वर्षमा वित्त कम्पनीहरूले मात्रै चार अर्ब ३१ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०३ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा उनीहरूले चार अर्ब ६ करोड रुपैयाँ प्रवाह गरेका थिए। एक वर्षमा सबैभन्दा बढी रकम प्रवाह गर्ने वित्त कम्पनी मञ्जुश्री फाइनान्स हो। उसले ८० करोड ४४ लाख रुपैयाँ प्रवाह गरिसकेको छ। जुन गत वर्षको तुलनामा ८.९४ प्रतिशत कम हो। गत वर्ष उसले ८८.३३ करोड रुपैयाँ प्रवाह गरेको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।