सातामा साढे ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Oct 18, 2025 06:21 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २५८२.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.६८ प्रतिशत अर्थात ९५.०१ अंक घटेर २४८७.१७ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १६.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७४ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७.९५ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २१.४८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २२.२५ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब १६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ५८ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.२४ प्रतिशत घटेको छ। गत साता २३०५.६७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४३.९७ अंक घटेर २१६१.७० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४००.६९ अंक घटेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.१५ प्रतिशत घटेको छ। गत साता २०.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०३ अंक घटेर २०.२५ विन्दुमा झरेको छ।

यस साता नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक २३.४० प्रतिशत बढेको छ। गत साता १ हजार ११५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साता १ हजार ३७५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे १७ प्रतिशतभन्दा बढी बढेको छ। यस साता समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ३१.५४ प्रतिशत घटेको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य १७.१३ प्रतिशत घटेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे १३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल दूरसञ्चार कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नाडेप लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।