यस दिन सुनको मूल्य प्रतितोला २७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार यस्तो सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै यस दिन चाँदी तोलामा ८० रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
