गत जुन महिनामा गुजरात राज्यको अहमदाबाद स्थित विमानस्थलमा २४० भन्दा बढी यात्रुहरूको मृत्यु भएको एयर इन्डिया दुर्घटनापछि सबैभन्दा खराब संकट भाेगिरहेकाे थियाे ।
एयर इन्डियाले व्यवसायीक घाटा पूर्ति गर्न र पूर्वाधार थप्न कम्तीमा १ खर्ब रूपैयाँ थप लगानी खोजि रहेको समाचार ब्लूमबर्ग न्यूजले प्रकाशन गरेको छ। उसले लेखेको समाचारमा एयरलाइन्सका लगानीकर्ताहरू सिंगापुर एयरलाइन्स र टाटा सन्सबाट कम्तीमा १ अर्ब १४ करोड अमेरिकी डलर आर्थिक सहयोग खोजिरहेको उल्लेख छ।

२०२२ मा एयर इन्डिया किनेको टाटा समूहको एयरलाइनमा ७४.९ प्रतिशत शेयर स्वामित्व छ, बाँकी सिंगापुर एयरलाइन्सको लगानी छ।