तीन महिनाभित्र न्यू हुन्डाई भेन्यू, टाटा सियरा र रेनो डस्टर गाडी लन्च हुने, कुन कस्तो डिजाइनमा आउँदैछन् ?

Nov 01, 2025 11:07 AM merolagani



आगामी तीन महिना अर्थात सन् २०२६ जनवरीको अन्त्यसम्ममा विभिन्न मोडेलका नयाँ गाडीहरु लन्च हुने भएका छन् । 

खासगरी, सो अवधिमा लन्च हुने गाडीहरुमा न्यू हुन्डाइ भेन्यू, नेक्स्ट जेनेरेसनको टाटा सियरा र तेस्रो जेनेरेसनको रेनो डस्टर एसयूभी नयाँ डिजाइनका साथ लन्च हुन लागेका हुन् ।

लन्च हुन लागेका यी गाडीहरुले टाटा नेक्सन,मारुती ब्रेजा, किया सोनेट, हुन्डाइ क्रेटा, किया सेल्टोस र मारुती ग्रान्ड भितारालगायतका गाडीसँग प्रतिष्पर्धा गर्नेछन् ।

हुन्डाइ इन्डियाका अनुसार, न्यू हुन्डाइ भेन्यूको आगामी २०२५ नोभेम्बर ४ बाट बिक्रीका लागि उपलव्ध गराउनेछ । त्यस्तै, टाटा सियरा २०२५ नोभेम्बरमा शोरुममा आइपुग्ने छ । इलेक्ट्रिक मोडेलमा आउने उक्त सियरा इभी २०२६ को जनवरीमा लन्च हुने तयारी छ ।

यता, तेस्रो पुस्ताका लागि लन्च गर्न लागिएको रेनो डस्टर पनि आगामी सन् २०२६ जनवरी २६ को गणतन्त्र दिवसका अवसरमा लन्च हुने जनाइएको छ ।

कुन कस्तो डिजाइनमा आउने ?

लन्च हुने लागेका तीनवटै मोडेलका एसयूभी विभिन्न साइज र डिजाइनमा परिवर्तन भइ आउनेछन् । जसमध्ये न्यू हुन्डाइ भेन्यूमा दोहोरो १२.३ इन्च कनेक्टेड कर्भ,३६० डीग्री क्यामेरा, वायरलेस चार्जर, ८ वटा स्पिकर बोस साउण्ड सिस्टम, प्यानोरामिक सनरुफ, ४ वे पावर्ड ड्राइभर सिट, ब्लाइन्ड स्पट मनिटर, भेन्टिलेटेड फ्रन्ट सिट र लेभल २ एडीएएस प्रदान गर्नेछ ।

त्यस्तै, इन्जिन सेटअपमा १.२ लिटरको प्राकृतिक रुपमा पेट्रोल, १ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल युनिट समावेश हुनेछ । ५–स्पीड म्यानुअल, ६–स्पीड म्यानुअल र ७–स्पीड डीसीटी गियरबक्सहरु समावेश हुनेछ ।

त्यस्तै, टाटा सियरा सुरुमा पेट्रोल र डिजेल इन्जिनमा मात्र उपलब्ध हुने निर्माता कम्पनीले जनाएको छ । नयाँ १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो मोटर हुने अपेक्षा गरिएको छ । सियरा इभी भने सन् २०२६ को सुरुमा लन्च हुनेछ । यसका पावरट्रेनहरु ह्यारिएर इभीबाट नै प्राप्त हुने कम्पनीले जनाएको छ ।

टाटाले नयाँ सियरलाइ ट्रिपल स्किन सेटअप, भेन्टिलेटेड फ्रन्ड सिटहरु, प्यानोरामिक सनरुफ, ४–स्पोक स्टेयरिङ ह्रिवल, एम्बियन्ट लाइटिङ, वायरलेस फोन चार्जरलगायतका विभिन्न सुविधाहरु समावेश गरेको छ ।

त्यस्तै, तेस्रो पुस्ताका लागि रेनो डस्टर पनि उल्लेख्य रुपमा डिजाइनमा परिवर्तन गरिएको छ । कार निर्माता कम्पनीका अनुसार, १.० लिटर टर्बो र १.३ लिटर टर्बो पेट्रोल इन्जिनहरु प्रयोग गर्ने सम्भावना छ ।

जसमा कुनै डिजेल इन्जिन हुनेछैन् । नयाँ डस्टरको डिजाइन डासिया बिगस्टरबाट धेरै प्रेरित हुने जनाइएको छ । यसमा १०.१ इन्चको इन्फोटेनमेन्ट प्रणाली, ६ वटा स्पिकरण भएको, यूएसबी चार्जिङ पोर्ट, वायरलेस फोन चार्जर, ६ वटा एयरब्यागलगायत अन्य धेरै सुविधाहरु समेत समावेश हुने निर्माण कम्पनीले जनाएको छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।