कोषको यो बैंकमा ४.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ। यसैगरी आइएमई होल्डिङ्सको २.७८ प्रतिशत, आइएमई इन्भेस्टमेन्टको २.५१ प्रतिशत, सुमितकुमार अग्रवालको १.८२ प्रतिशत, विष्णुप्रसाद न्यौपानेको १.४१ र कन्टिनेन्टल इन्भेस्टमेन्टको १.१५ प्रतिशत शेयर रहेको छ।
१ प्रतिशतभन्दा कम शेयर होल्ड गर्ने शेयरधनीमा नागरिक लगानी कोष ०.९२ प्रतिशत, उत्तमकुमार नेपाल ०.९० प्रतिशत, रणबहादुर शाह ०.७८ प्रतिशत, निमिषा इन्भेस्टमेन्ट ०.७४ प्रतिशत, हेमराज ढकाल ०.६७ प्रतिशत, कामधेनु इन्भेस्मेन्टको ०.६७ प्रतिशत शेयर छ । त्यस्तै होमल्यान्ड डेभलपर्सको ०.६६ प्रतिशत, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत, गौरी श्रेष्ठ ०.५७ प्रतिशत, रिता मल्ल ०.५६ प्रतिशत, शारदा देवीको ०.५३ प्रतिशत र सन्दीप अग्रवालको ०.५२ प्रतिशत शेयर स्वामित्व रहेको छ।
सञ्चालकहरुसँग कति छ शेयर ?
ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन्। उनी संस्थापक शेयरधनीसमेत रहेका ढकालसँग बैंकको ९५ लाख ५४ हजार १५९ कित्ता शेयर छ।

यसैगरी बैंकको सञ्चालकमा संस्थापकतर्फ राधेश पन्त, रामबहादुर भण्डारी, तथा सर्वसाधारणतर्फ कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल रहेका छन् । पौडेल डीडी इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधि हुन । त्यस्तै स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली छन् ।
सञ्चालक राधेश पन्तसँग बैंकको १४ लाख ५३ हजार २५४ कित्ता, रामबहादुर भण्डारीसँग १ लाख ५० हजार १९६ कित्ता शेयर रहेको छ। सञ्चालक कृष्णप्रसाद शर्मासँग २ हजार ८३२ कित्ता, मदनलाल जोशीसँग ८ हजार ८६६ कित्ता र नारायणप्रसाद पौडेलसँग ५ हजार ४०३ कित्ता शेयर रहेको छ।
बैंकबाट कुन सीइओले कति पारिश्रमिक ?
गत आवमा दुई जना सीईओले कार्यकाल पूरा गरेका छन् । आवको पहिलो महिना पूर्व सीइओ रत्नराज बज्राचार्य र पछिल्लो ११ महिना सुरेन्द्रराज रेग्मीले बैंकको व्यवस्थापनको नेतृत्व गरेका छन् ।
रत्नराज बज्राचार्यले बैंकबाट तलबबापत् ६ लाख ३३ हजार, भत्ताबापत् ४ लाख २ हजार, सञ्चय कोषबाट ६३ हजार ३ सय रुपैयाँ, बिदाबापतकाे भुक्तानीबाट ३ लाख ६२ हजार ५ सय ८ रुपैयाँ गरी १४ लाख ७८ हजार र कर्मचारी बोनसबापत् ५१ लाख ३५ हजार २ सय ९१ रुपैयाँ प्राप्त गरेका छन्। बज्राचार्यले ग्लोबल आईएमई बैकबाट गत आवमा ६६ लाख १५ हजार ९९ रुपैयाँ ६२ पैसा प्राप्त गरेका छन् ।
त्यस्तै सुरेन्द्रराज रेग्मीले तलब स्वरुप ६९ लाख ६३ हजार, भत्ता ४६ लाख २० हजार, सञ्चयकोष ६ लाख ९६ हजार ३ सय रुपैयाँ, बिदाबापतकाे भुक्तानी ६ लाख ९० हजार ४ सय ९१ रुपैयाँ, दशै भत्ता १० लाख ५३ हजार गरी कुल १ करोड ४० लाख २२ हजार ७ सय ९१ रुपैयाँ बुझेका छन् । त्यस्तै उनले कर्मचारी बापत् ३० लाख ३१ हजार १ सय ८५ रुपैयाँ बुझेका छन् । रेग्मी बैंकबाट कुल १ करोड ७० लाख ५३ हजार ९ सय ७७ रुपैयाँ ६० पैसा बुझेका छन् ।
कुन कम्पनीमा कति छ लगानी ?
ग्लोबल आइएमई बैंकले ८ वटा सूचीकृत भएका र नभएका कम्पनीमा लगानी गरेको छ। बैंकको स्मार्टच्वाइस टेक्नोलोजीमा १५.४३ प्रतिशत, मेरो माइक्रो फाइनान्स लघुवित्तमा ११.९८ प्रतिशत लगानी रहेको छ। बैंकको फस्ट माइक्रोफाइनान्स लघुवित्तमा १०.१७ प्रतिशत, बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इस्टिच्युटमा ६.६७ प्रतिशत, छिमेक लघुवित्तमा ८.२९ प्रतिशत, आरएसडीसी लघुवित्तमा १०.२० प्रतिशत, नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युडमा ९.९४ प्रतिशत र नेपाल पूर्वाधार बैंकमा ५.४८ प्रतिशत लगानी रहेको छ।
त्यस्तै बैंकको सूचीकृत सहायक कम्पनीको रुपमा ग्लोबल आइएमई लघुवित्तमा ५७.७८ प्रतिशत स्वामित्व छ भने सूचीकृत नभएको सहायक कम्पनीमा ग्लोबल आईएमई क्यापिटलमा ८१.५० प्रतिशत र ग्लोबल आईएमई सेक्युरिटिजमा शतप्रतिशत स्वामित्व रहेको छ ।