डिसेम्बरभित्र लन्च हुने तयारीमा रहेको एसयूभी हो-मारुती सुजुकी । जसले मारुती ई–भितारा एसयूभी लन्च गर्दैछ ।

त्यस्तै, पेट्रोलबाट चल्ने टाटा ह्यारिएर र सफारी आगामी डिसेम्बर ९ तारिखमा लन्च हुने तयारीमा छन् । दोस्रो पुस्ताका लागि ल्याइएको कियाको सेल्टोस् आगामी डिसेम्बर १० मा लन्च हुने कार्यतालिका सार्वजनिक भएको छ ।
कुन गाडीमा कस्ता सुविधा
मारुती ई–भितारा एसयूभीमा दुईवटा ब्याट्री विकल्पहरु रहन्छन् । जसमा ४९ किलोवाट आवर र ६९ किलोवाट आवरका दुई ब्याट्री विकल्पमा यो एसयूभी लन्च हुँदैछ । इलेक्ट्रिक प्रविधिमा आउने यो एसयूभी एक पटक चार्ज गरेपछि ५०० किलोमिटर भन्दा बढीको दायरा प्रदान गर्ने दाबी गरिएको छ।
यो अहिलेसम्मकै सुविधासम्पन्न मारुती सुजुकी कारहरुमध्ये एक हुने कम्पनीको विश्वास छ । यसमा वायरलेस स्मार्टफोन कनेक्टिभिटीका साथ १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली समावेश छ ।
त्यस्तै, टाटा ह्यारिएर र सफारी एसयूभीहरु पेट्रोल संस्करणमा लन्च हुँदैछन् । टाटा ह्यारिएरमा १.५ लिटरको टर्बो चार्ज इन्जिन समावेश हुनेछ । यी दुवै एसयूभीमा कुनै डिजाइन परिवर्तन र सुविधा अपग्रेड अपेक्षा गरिएको छैन् ।
त्यस्तै, किया सेल्टोसको डिजाइन र सुविधामा उल्लेखनीय परिवर्तन गरिएको छ । जबकि इन्जिन सेटअप हालकै मोडेलहरुबाट हुने अपेक्षा गरिएको छ । यसमा नयाँ एलइडी ल्याम्पहरु, परिमार्जित बम्परहरु, प्यारोनामिक सनरुफलगायतका विभिन्न सुविधाहरु रहने कम्पनीको दाबी छ ।