सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । सरकारले पटक–पटक वार्ता गरेता पनि आफूहरुको माग पूरा नगरेको उनीहरुको गुनासो छ ।
प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘वचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं’, ‘सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै?’ जस्ता नारा लेखेका प्लेकार्डहरु बोकेका थिए ।