लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु

Dec 02, 2025 03:05 PM merolagani



लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण (#DigitalDecember2025 सुरु भएकॊ छ ।

यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।

डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता-केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम-केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

नेपालको व्यापार प्रणालीमा लक्षित

डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

अभियान उद्यमीहरुलाई डिजिटल बैंकिंगका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च-मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र API तथा होस्ट-टू-होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानहरुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।

यस अन्तर्गत बैंकले निम्नबमोजिमका व्यवसायमैत्री डिजिटल सेवाहरुको प्रवर्द्धन गर्दैछ-

– इ-कमर्श व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्ने माध्यम

–कर्पोरेट संघसंस्थाका कर्मचारीहरूको लागि अन कार्ड - भर्चुअल क्रेडिट कार्ड (ON Card) र भिसा क्रेडिट कार्ड सुविधा

– व्यवस्थित व्यापारिक कारोबारको लागि कर्पोरेटपे (CorporatePay) तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण सेवा

– रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मी वाणी (QR भ्वाइस बक्स)

यसमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरुले डिसेम्बर महिनाभरी आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थप लाभदायी बनाउन विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा प्राप्त गर्नेछन्।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।