भारतमा नेपाली सवार बस दुर्घटना, ३ जनाको मृत्यु, २४ जना घाइते

Dec 02, 2025 03:02 PM mero lagani



भारतको उत्तर प्रदेशमा पर्ने बलरामपुर जिल्लाको फुलबरिया सडकमा नेपालीहरू सवार बस दुर्घटनाग्रस्त भएको छ । यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर आपसमा ठोक्किएका हुन् ।

विपरित दिशाबाट आइरहेको ट्रकसँग नेपालीहरु सवार बस ठोक्किएर आगो लागी भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दुर्घटनामा परि बसमा सवार ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।

सो बस नेपाल–भारत सिमाना नजिकको सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । बसमा ४५ यात्रु सवार थिए । तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।