डिफेण्डिङ च्याम्पियन जनकपुरको पहिलो जित, हारसँगै चितवन थप दबाबमा

Dec 02, 2025 03:22 PM mero lagani



साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित हासिल गरेको गरेको छ। 

जनकपुरले मंगलबारको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।चितवनले दिएको एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

जनकपुरका लागि ओपनर माज सदाकतले ६३, अनिल साह ६१, आशिफ शेख १८, जान निकोल ११ तथा सञ्जय कृष्णमूर्ति पाँच र आदित्य महत १८ रनमा अविजित रहे।

चितवनका लागि कमलसिंह ऐरी, सोहेल तनविर र अमर रौटेलाले एक, एक विकेट लिए।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो।

ओपनर डेविड मलानले सर्वाधिक ८० , अर्का ओपनर अर्जुन साउदले ५२, रवि बोपारा ३, कप्तान कुशल मल्ल ३० र अमर रौटेला एक रनमा अविजित रहे। रनमा नै क्याच आउट हुन पुगे।

जनकपुरका लागि अनिल साह, माज सदाकत, लफ्टी इटोन र रुपेश सिंहले समान एक विकेट लिए।
जनकपुरसँगको हारसंगै चितवनको प्लेअफ यात्रा कठिन भएको छ। लिग चरणमा अब चितवनले सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न ती दुवै खेल जित्नुपर्ने भएको छ।

 
चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ। यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ।

जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। जनकपुरलाई अब प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ।

आजै दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न दुवै टोलीदाई आजको खेल जित्नै पर्ने दबाब छ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।