कानूनी अडचन पार गर्दै रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति (अदालतकाे पूर्णपाठ)

Dec 02, 2025 05:24 PM Merolagani




नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएकाे हो ।

धितोपत्र बोर्डले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटललाई शेयर जारी गर्न स्वीकृती प्रदान गरेको हो । उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानून बमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडि बढाउनु उल्लेख गरेको छ ।

 

कम्पनीको शेयर जारी सम्बन्धमा भएको अदालती प्रकृयाको कारण शेयर निष्काशनमा विलम्व भएको नेपाल धितोपत्र बोर्डले बताएको छ । कम्पनीलाई शेयर जारी गर्न स्वीकृत पहिले गरिसकिएको छ । अदालती प्रकृयाको छिनोफानो भएपछि कम्पनीलाई शेयर जारीको प्रकृया अगाडि बढाउने भनिएको बोर्डको भनाई छ ।

स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले बुक बिल्डिङ प्रकृयाबाट प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ खरिद गरिसकेका छन । 

 





६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।