अघिल्लो कारोबार दिन अर्थात सोमबार २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.५६ अंक बढेर २७३९.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१७ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३९ स्टकको ६१ पटकको कारोबारमा ५० करोड १३ लाख ७१ हजार २२० रुपैयाँ ५० पैसाबराबरको ५ लाख १ हजार ८९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।