वोमी माईक्रोफाइनान्सद्धारा १ लाख ४७ हजार कित्ता साधरण शेयर निष्काशन

Jul 07, 2015 Mero Lagani



धादिङमा मुख्य कार्यालय रहेको वोमी  माईक्रोफाइनान्स लिमिटेडले १ करोड ४७ लाख रुपैयाँ बराबरका साधरण शेयर मंगलबारबाट निकाष्शन गरेको छ । कम्पनीले  सय रुपैयाँ अंकित १ लाख ४७ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । 

 

 

जसमध्ये  ४ हजार  ४ सय १० कित्ता कर्मचारीका लागि र  ७ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । यो माइक्रोफाइनान्समा सस्थापक समूहको ५१ प्रतिसत लगानी छ भने सर्वसाधारण समूहका लागि ४९ प्रतिसत छुट्याइएको छ ।

१ करोड ५३ लाख रुपैयाँ  चुक्तापूँजी रहेको यस संस्थाको सेयर निष्काशन पश्चात चुक्तापुँजी  ३ करोड रुपैयाँ पूग्नेछ । धादिङ जिल्लाको खानीखोलामा मुख्य कार्यालय रहेको यो सस्थाको कार्यक्षेत्र १० जिल्ला रहेको छ ।

एनएमबि क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक रहेको यो सस्थाको सेयरका खरिद गर्न एनएबि क्यापिटल बबरमहल, एनएमबी बैंकका शाखाहरु र वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय तथा शाखाहरुमा आवेदन दिन सकिनेछ । असार २५गते निस्काशन बन्द हुने कम्पनीले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।