अपि हाइड्रोको शेयर बाँडफाँट मंगलबार, कसले कति पाउँला ?

Aug 31, 2015 Mero Lagani



अपि हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ३० लाख कित्ता प्राथमिक शेयरको बाडँफाँट मंगलबार हुने भएको छ । कम्पनीले माग गरेको भन्दा झण्डै पैत्तिस गुणाबढि आवेदन परेको थियो । करिब डेढ महिना अगाडि प्राथमिक शेयर निष्काशन गरेको कम्पनीले ९० हजार कित्ता कर्मचारीलाई, डेढ लाख कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको छ ।

कम्पनीले गत आषाढ २४ मा सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल क्यापिटलका प्रबन्ध निर्देशक मेख बहादुर थापाका अनुसार ३० लाख कित्ताका लागि १० अर्ब रुपैयाँ बराबरको आवदेन परेकोे छ । कम्पनीले निष्काशन गरेकोमध्ये ९० हजार कित्ता कर्मचारीका लागि, सामूहिक लगानी कोषका लागि एक लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ । जसमध्ये सर्वसाधरणका लागि २८ लाख ६० हजार कित्ताशेयरको बाँडफाँट हुन लागेको हो ।

अपीले सर्वसाधरणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आवेदकले १ सय रुपैंया अंकित दरले कम्तीमा ५० कित्तादेखि बढीमा १ हजार कित्ता शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवद्र्धकहरुले चुक्ता गरिसकेको छन भने १० करोड स्थानीयबाट उठाइएको छ । बाँकी रहेको ३० करोड रुपैंया संकलनका लागि कम्पनीले साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैंया मध्ये १० प्रतिशत स्थानीयबासी र ३० प्रतिशत शेयर सर्वसाधारणँका लागि जारी गरेको हो ।
अपी पावर कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा ८ दशमलव ५ मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माणँ सम्पन्न गरि विद्युत उत्पादन सुरु गरेको कम्पनीले नौगड गाड आयोजनाको विद्युत प्रधिकरण्ाँलाई बिक्रि समेत गर्न थालेको छ । यसबाट यसका लगानीकर्ताले अर्को बर्षदेखि नै प्रतिफल पाउने विश्वास पनि कम्पनीले लिएको छ ।
अपि हाइड्रोको शेयर बाँडफाँटको नतिजा मेरोलगानी डटकममा पनि हेर्नसक्नुहुनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।