तिनाउ विकास बैंकको सोमबार सम्पन्न नवौं वार्षिक साधारण सभाले लगानीकर्तालाई १८ प्रतिसत बोनस सेयर तथा ४ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
१८ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकmले ३ करोड ३३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर वितरण पछि चुक्ता पूँजी २१ करोड ७८ लाख रुपैयाँ पुग्नेछ भने त्यसपछि हकप्रद जारी भएपछि बैंकको चुक्ता पूँजी २५ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
बैंकले त्यस्तै यो बोनस सेयरमा लाग्ने कर तिर्ने प्रयोजनका लागि ०.९४ प्रतिसत नगद लाभांस पनि पारित गरेको छ । साधारण सभाले संस्थापक शेयरधनीकातर्फबाट संचालक समितिमा जीवन प्रसाद ओझा, रामेश्वर प्रसाद कसजु, उज्वल प्रसाद कसजु र राजेन्द्र प्रसाद ओझालाई निर्विरोध निर्वा्चित गरेको छ । त्यस्तै साधारण सभा पछि बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद ओझालाई अध्यक्ष पदमा चयन गरेको जानकारी बैंकले दिएको छ ।
यता सिटी डिभलपमेन्ट बैंकको ११३ औ बोर्ड बैठकले १९.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०१३१ प्रतिशत नगद नगदलाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश राष्ट्र बैंकको स्वकृति र सिटी डिभलपमेन्ट बैंकको आगामी साधारणसभा बाट पारीत भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । पोखरामा केन्द्रिय कार्यलय रहेको सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्सले एक आपसमा मर्ज गर्ने सम्झौता समेत गरिसकेका छन् ।
....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।