मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाउने ४ बैंक कुन् कुन हुन् ?

Jan 12, 2016 Mero Lagani

 बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणाले बढाउने राष्ट्र बैंकको योजना अनुरुप धमाधम बैंक तथा बित्तीय संस्था मर्जरको सम्झौता गर्न थाले पछि राष्ट्र बैंकले पनि त्यसलाई सैद्धान्तिक सहमती दिन थालेको हो । यस क्रममा मौद्रिक नीति मार्फत पूँजी वृद्धिको योजना ल्याए पछि राष्ट्र बैंकले पहिलो पटक २ वाणिज्य बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार बैंक माछापुच्छ्रे (MBL) र जनता बैंक (JBNL) लाई एक आपसमा गाभिन सैद्दान्तिक सहमति दिएको हो । राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यी दुई बैंकलाई सैद्दान्तिक सहमति दिएर मर्जरका लागि मार्ग प्रशस्त गरि दिएको हो । 

राष्ट्र बैंकको पुँजी वृद्धि योजना कै कारण यी दुई बैंकले गत असोज ३ गते मर्जरमा जाने सम्झौता गरेका थिए । माछापुच्छ्रे बैंकका अध्यक्ष बिरेन्द्र महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरि मर्जर प्रक्रियालाई अघि बढाएसंगै नेपाल स्टक एक्सचेन्जमा दुबै बैंकको शेयर कारोबार रोक्का भएको थियो ।

अब ढिलोमा ६ महिना भित्रमा मर्जर पुरा गरि शेयर कारोबार सुचारु गराउने लक्ष्य बैंकका संचालकहरुले लिएका छन् । मर्जर पश्चात बैंकको नाम माछापुच्छ्रे बैंक लि। नै रहनेछ । मर्जर कार्यलाई अगाडि बढाउन दुवै बैंकबाट तीन तीन जना सञ्चालक सम्मिलित संयुक्त मर्जर समिति समेत गठन गरिएको छ । माछापुच्छ्रे बैंकको प्रतिकित्ता १२१ रुपैयाँ र जनता बैंकको ८७ रुपैयाँ स्वाप रेसियो निर्धाण गरिएको छ ।

मर्जरपछिको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकका अध्यक्ष महतो नै अध्यक्ष रहने तथा नौ जनाको सञ्चालक समिति रहने सहमति भएको छ । उक्त समितिमा माछापुच्छ्रे बैंकका तर्फबाट पाँच जना तथा जनता बैंकको तर्फबाट तीन जना र विशेषज्ञ सञ्चालक एक जना रहनेछन् ।

अहिले माछापुच्छ्रे बैंकको चुक्ता पूँजी दुई अर्ब ९५ करोड तथा जनता बैंकको चुक्ता पूँजी दुई अर्ब ६ करोड रुपैयाँ छ ।
माछापुच्छ्रे बैंक हकप्रद शेयर जारी गर्ने पक्रियामा रहेको छ भने मर्जर पपछि बैंकको कुल चुक्ता पूँजी ५ अर्ब ७१ करोड रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । मर्जरपछि बन्ने बैंकको ९२ वटा शाखा ९८ वटा एटीएम सञ्जाल हुनेछ ।

यसै गरि राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) र गौमुखी विकास बैंक (GABL) लाई पनि मर्जरमा जानका लागि सैद्दान्तिक सहमित पाएका छन् । सोमबारको बैंक सन्चालक समितिको बैठकले नै २ विकास बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

दुई वटै विकास बैंकले गत असोज २५ गते मर्जर सम्बन्धी सम्झैता गरि राष्ट्र बैंकमा सैद्दान्तिक सहमतिका लागि संयुक्त आवेदन दिएका थिए । रुपन्देहीको बुटवलमा कर्पोरेट कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंकले मर्जर पश्चात बन्ने बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नै राख्ने सहमती गरेका छन् ।

.........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेटफेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।