सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

Jan 19, 2016 Mero Lagani

राधी विद्युत कम्पनी लिमिटेडले सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्ने प्रक्रिया थालेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।जसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ ।

सार्वजनिक निष्काशन सम्बन्धी सम्झौतापत्रमा सोमबार कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विनय कुमार भण्डारी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमन पराजुलीले हस्ताक्षर  गरेका हुन् ।

अधिकृत पूँजी ६० करोड तथा जारी पूँजी ४१ करोड रहेको कम्पनीले प्रचलीत कानुन बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरलाई ४ लाख १० हजार कित्ता र सर्वसाधारण्का लागि ६ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेडका कार्यकारी पराजुलीले पहिलो चरणमा स्थानीय बासिन्दा र त्यसपश्चात सर्वंसाधारणका लागि सेयर निष्काशन गरिने जानकारी दिए ।

 

शेयर निष्काशन तथा बिक्री प्रबन्धक छनौट गरेको कम्पनीले आगामी जेठसम्ममा साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक उत्पादन समेत सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरेको छ ।

राधी साना जलविद्यूत आयोजना ६० करोड रुपैयाँमा सम्पन्न भएको हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुत्त रुपमा ऋण लगानी गरेका छन् ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।