विराटलक्ष्मी विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, खराब कर्जा न्यून

Feb 01, 2016 Mero Lagani

बिराटनगरमा मुख्य कार्यालय रहेको बिराटलक्ष्मी विकास बैंक लिमिटेड (BLDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको यसैअवधिको तुलनामा ३१ प्रतिशत बढि नाफा कमाएको हो । बैंकले गत आर्थिक वर्षको दास्रो त्रैमासमा ३ करोड ९ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गतबर्ष यसैवधिमा ८ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालुबर्षको दोस्रो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । ४२ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ६२ करोड ७२ लाख रुपैया निक्षेप संकलन गरेको छ भने २ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ ।

समिक्षा अवधिमा बैंकले आफ्नो जगेडा कोषलाई बलियो बनाउने जमर्को गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख रुपैयाँ रहेको जगेडा कोष चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै खराब कर्जा  झण्डै १ प्रतिशतले कमी आएको छ । अघिल्लो दोस्रो त्रैमासमा १.३२ प्रतिशत खराब कर्जा रहेको थियो भने हाल सो प्रतिशत ०.३२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९.१२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १६.७३ गुणा रहेको छ ।

आइतबार बैंकको शेयर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।