कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

Feb 18, 2016 Mero Lagani

उर्जा अभाव चरम बन्दै गइरहेका बेला जलविद्युत आयोजनाको निर्माण तथा लगानीका सम्बन्धमा चासो र चर्चा बढ्दै गएको छ । राजधानीमा केन्द्रित भएर आयोजना हुने यस्ता बहस तथा छलफल कार्यक्रम अब राजधानी बाहिर पनि आयोजना हुन थालेका छन् । केही दिन अघि बिराटनगरमा पनि यस्तै कार्यक्रमको आयोजना भएको छ । जहाँ उर्जा अभाव समाधानका लागि लगानी अभिवृद्धिमा जोड दिइएको थियो ।

राधी विद्युत कम्पनीको लगानीमा निर्माण हुन लागेको तल्लो खारे खोला जलविद्युत आयोजनाले जलविद्युत आयोजना निर्माण तथा लगानीका अवसर र चुनौती विषयक अन्तरकृयाको आयोजना गरेको हो । जलविद्युत आयोजना निर्माणका दौरान झेल्नुपर्ने अवरोध तथा लगानीका स्रोत जुटाउने सम्बन्धमा अन्तरकृयाका सहभागिले चासो देखाएका थिए ।

जलविद्युत आयोजनाका लगानीकर्ता तथा व्यवशायिक घरानाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा मुलुकको समग्र अर्थतन्त्र विकासका लागि उर्जाले सबै भन्दा ठुलो भुमिका निर्वाह गर्ने भन्दै लगानीका लागि सहज वातावरण बन्नु पर्नेमा जोड दिएका थिए ।

जलविद्युत आयोजनामा लगानीकर्ता आकर्षित हुने गरे पनि विभिन्न किसिमका समस्याको कारणले आयोजनामा भित्रिन लगानीकर्तालाई समस्या हुने गरेको भन्दै कार्यक्रमका सहभागिले यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

युनिभर्सल पावर कम्पनीले दोलखाको सुरी चंखु र खारे गाविस भएर बग्ने खारे खोलामा ११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम आगामी बैशाखदेखि सुरु गर्ने तयारी गरेको छ । यसका लागि उसले नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता गरि बैंक अफ काठमाण्डुसंग ऋण सम्झौता समेत गरिसकेको छ । आयोजना निर्माणमा अन्य लगानीकर्ताले पनि लगानी गर्न सक्ने छन् ।

युनिभर्सल पावर कम्पनी क्लिन इनर्जी डेभलपमेण्ट बैंद्वारा प्रवद्र्धित सिइडिबी हाइड्रो कम्पनीको सहायक कम्पनी हो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।