एपेक्स, झिमरुख र काबेली विकास बैंकले अत्यधिक मात्रामा कसरी बढाए कमाई ? भिबोरको नाफा यसरी घट्यो

Feb 17, 2016 Mero Lagani

- एपेक्स डेभलपमेन्ट बैंकको गज्जबको कमाल, नोक्सान बदलियो नाफामा
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७३ लाख रुपैया खुद नोक्सानी व्यहोरेकोे एपेक्स डेभलपमेन्ट बैंक (APEX) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमालको प्रगति गरेको छ । समिक्षा अवधिमा बैंकले नोक्सानलाई शुन्यमा ल्याएको मात्र छैन कमाइ मात्र झण्डै ११ करोड रुपैंयामा पुर्याएर सवा आठ करोड रुपैंया खुद नाफा गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ अर्व ७३ करोड ४५ लाख रुपैया निक्षेप संकलन गरी ५ अर्व ५ करोड ५७ लाख रुपैया कर्जा प्रवाह गरेको बैंकले ११ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५ अर्ब २३ करोड ५२ लाख रुपैंया निक्षेप संकलन तथा ४ अर्ब १९ करोड ८८ लाख रुपैंया कर्जा प्रवाह गरि २ करोड ९९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कमाइमा भारी मात्राको वृद्धिसंगै बैंकले निष्कृय कर्जा अनुपात पनि घटाएर आफुलाई अझै समृद्ध बनाएको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ दशमलब ०१ प्रतिशत खराब कर्जा अनुपात रहेको बैंकको यसपटक व्यापक सुधार गरि ३ दशमलब १८ प्रतिशतमा झारेको छ ।

चुक्ता पुँजी ६६ करोड ६५ लाख रुपैयाँ तथा जगेडा कोषमा १ करोड ११ लाख रुपैया रहेको बैंकको प्रतिशेयर आम्दानी १२ रुपैया ८२ पैसा तथा प्रतिशेयर नेटवर्थ १ सय १ रुपैयाँ ६८ पैसा रहेको छ ।

झिमरुकले कति कमायो ?

उता झिमरुक विकास बैंक (JHBL) ले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस पटक ९१ लाख रुपैया खुद नाफा गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६७ करोड ७१ लाख रुपैया निक्षेप संकलन गरी ५५ करोड ७६ लाख रुपैया कर्जा प्रवाह गरेको झिमरुकले १ करोड ८६ लाख रुपैया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ दशमलब ५७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यसपटक त्यो भने घटेर शुन्य दशमलब २९ प्रतिशतमा झरेको छ ।

चुक्ताँ पुजी ५ करोड ८७ लाख रुपैया रहेको बैंकको जगेडा कोषमा १ करोड ५७ लाख रुपैया सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैया ७८ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ११ पैसा रहेको छ ।

काबेलीको नाफा यस्तो छ

त्यसै गरि काबेली विकास बैंक (KEBL) ले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । समिक्षा अवधिमा बैंकले झण्डै ४० लाख रुपैयाँले नाफा बढोत्तरी गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ करोड ६५ लाख रुपैया निक्षेप संकलन गरी ४९ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले २ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले गतवर्षको सोही समयमा १ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ दशमलब ५५ प्रतिशत खराबकर्जा अनुपात रहेकोमा बैंकले त्यसलाई पनि घटाएर १ दशमलब ३७ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ४३ पैसा रहेको छ । 

भिबोरको नाफा किन घट्यो ?

अधिकांस विकास बैंकको कमाई तिब्र रुपमा बढिरहेका बेला भिवोर विकास बैंक (VBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्व ५० करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ अर्व ३१ करोड ६० लाख रुपैया कर्जा प्रवाह गरेको छ । गतवर्षको सोही अवधिमा बैंकले ३ अर्व ९८ करोड २० लाख रुपैया निक्षेप संकलन तथा ३ अर्व २७ करोड ६८ लाख रुपैया कर्जा प्रवाह गरेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यसपटक भने ७ करोड ९६ लाख खुद व्याज आम्दानी गरेको छ । बैंकको गत आर्थिक वर्षमा सञ्चालन नोक्सानी ६ करोड ४७ लाख रुपैंया रहेकोमा यस पटक त्यसमा व्यापक सुधार गरि ३ करोड २२ लाख रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको छ ।

सञ्चालन मुनाफा शिर्षमा मात्र ९ करोडको सुधार गरे पनि बैंकको खुद नाफा भने बढ्न नसकेको हो ।
यसका साथै खराब कर्जा अनुपात ४ दशमलब ४० प्रतिशतबाट घटाएर र ० दशमलब ६४ प्रतिशतमा झारे पनि बैंककोे कमाइमा भने गिरावट देखिएको हो ।

बैंकको चुक्ता पुँजी ९१ करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७८ लाख रुपैयाँ नकारात्मक अवस्थामा रहेको बैंकको जगेडा कोषमा यस पटक सामान्य सुधार गर्दै १६ करोड ६७ लाख रुपैयामा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ ८१ रुपैया ८२ पैसा रहेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।