जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ? बैशाखबाट २ अर्ब रुपैैयाको लागतमा ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण हुँदै

Feb 25, 2016 Mero Lagani

क्लिन इनर्जी डेभलपमेन्ट बैंकले प्रोमोट गरेको कम्पनी सिइडिबी हाइड्ररो फण्डको भगिनी कम्पनी युनिभर्सल पावर कम्पनीले बैशाखदेखि तल्लो खारेखोला जलविद्युत आयोजनाको निर्माण सुरु गर्ने भएको छ । सिइडिबी हाइड्रो फण्डको ८८ प्रतिशत शेयर स्वामित्व रहेको ११ मेगावाट क्षमताको आयोजनाको लागत २ अर्ब रुपैंयको हारहारीमा पर्ने अनुमान गरिएको छ । कम्पनीले आयोजना निर्माणका लागि १ अर्ब रुपैंया भन्दा बढी रकम बराबरको अग्राधिकार शेयर जारी गर्दैछ ।

सिइडिबी हाइड्रो फण्डका प्रमुख कार्यकारी अधिकृत विनय भण्डारीका अनुसार तल्लो खारे खोला जलविद्युत आयोजना निर्माणका लागि फण्डको अर्को सहायक कम्पनी राधी विद्युत कम्पनीले पनि लगानी गर्ने प्रतिवद्धता जनाइ सकेको छ । यसका लागि फण्डले राइट कल पनि गरिसकेको छ ।

यस क्रममा राधी विद्युत कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गरेर तल्लो खारे खोला आयोजनामा लगानी गर्ने छ । सिइडिबी तथा राधी कम्पनीले गरि ४० करोड रुपैंयाको लगानी गर्ने छन् भने बाँकी रकम अन्य लगानीकर्ताबाट जुटाइने छ । यसका लागि अन्य लगानीकर्ताले कम्पनीको अग्राधिकार शेयर पाउने गरि कम्तीमा १ लाख रुपैंया लगानी गर्न सक्ने युनिभर्सल पावर कम्पनीले जनाएको छ ।

प्राइभेट प्लेसमेन्ट, तथा चिनजानका लगानीकर्ताले लगानी गर्ने क्रम सुरु भैसकेको र अन्य इच्छुक लगानीकर्ताले पनि आयोजनामा लगानी गर्न सक्ने छन् । कन्र्भटिभल प्रिफरेन्स शेयरका रुपमा हुने लगानीका आधारमा लगानीकर्तालाई कम्पनीले वार्षिक ७ दशमलव ५ प्रतिशतका दरले प्रतिफल दिने उद्घोष यस अघि नै गरि सकेको छ ।

कम्पनीले दिने प्रतिफल नगदमा नभई शेयरमा हुने भएकाले लगानीकर्ताले पाउने प्रतिफल उच्च हुने कम्पनीकोे भनाई छ । उसका अनुसार १ सय कित्ता शेयर लगानी गर्ने लगानीकर्ताले प्रत्येक आर्थिक वर्षको अन्त्यमा कर कट्टी गरेर वार्षिक ६ दशमलब ३७ कित्ता शेयर प्रतिफल पाउने छन् ।

जलविद्युत आयोजनामा लगानी गर्नका लागि त्रिपुरेश्वर स्थित ब्लुबर्ड मलमा रहेको फण्डको कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

भुकम्प र नाकाबन्दीका कारण गत अशोजमा नै निर्माण सुरु गर्ने तयारीमा रहेको कम्पनीले आगामी वैशाखदेखि आयोजना निर्माणको काम सुरु गर्न लागेको हो । ३ वर्ष भित्रमा जलविद्युत आयोजना निर्माण पुरा गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

आयोजना निर्माणका लागि युनिभर्सल पावर कम्पनीले बैंक अफ काठमाण्डुसंग ऋण सम्झौता गरिसकेको छ भने नेपाल विद्युत प्राधिकरणसंग उर्जा खरिद सम्झौता पनि गरिसकेको छ ।

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने 

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।