लौ हेर्नुहोस् कुन वाणिज्य बैंकको खराब कर्जा कति ?

Feb 22, 2016 Mero Lagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा अधिकांश वाणिज्य बैंकहरुको खराब कर्जा घटेको देखिएको छ । तीस वाणिज्य बैंकको वित्तीय विवरण हेर्दा बहुसंख्यक बैंकहरुको खराबकर्जा अनुपातमा कमि आएको छ । यसअवधिमा एकदर्जन वाणिज्य बैंकको खराबकर्जा बढेको छ भने डेढ दर्जन बैंकको घटेको छ । सानिमा बैंक सबैभन्दा कम खराबकर्जा भएको वाणिज्य बैंकको पहिलो नम्बरमा रहदा ग्राण्डलाई छाडेर प्रभु बैंक सबैभन्दा धेरै खराबकर्जा हुने बैंकको पहिलो नम्बरमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७२ मसान्तसम्म सक्रिय रहेको कर्जालाई चैत्र मसान्तसम्म प्राप्त भएमा असल कर्जामा वर्गीकरण गर्न पाइने भनेर दिएको सहुलियतका कारण अहिले बैंकमा निष्क्रिय कर्जाको अनुपात घटेको देखिएको हो ।

बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणका अनुसार भने १८ वटा बाणिज्य बैंकहरुको खराब कर्जा घटेको देखिएको छ भने १२ वटा बैंकहरुको खराब कर्जाको अनुपात बढेको देखिएको छ।

सानिमा बैंक, ग्राण्ड बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाडौ, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, सिभिल बैंक, एनएमबी बैंक, जनता बैंक, लुम्बिनी बैंक, सेञ्चुरी बैंकको खराब कर्जा अनुपात बढेको छ । अन्य बाँकि बैंकहरुको खराब कर्जा अनुपात भने घटेको छ ।

सानिमा बैंकको खराबकर्जा बढेपनि सबैभन्दा कम खराब कर्जा हुने बैंकको पहिलो नम्बरमा देखिएको छ । जसको ०.०५ प्रतिशत खराब कर्जा रहेको छ । सबैभन्दा धेरै खराब कर्जा ग्राण्ड बैंकको ३४.५३ प्रतिशत रहेको छ । ग्राण्ड बैंक प्रभुसँग गाभिएर एकिकृत कारोबारमा गईसकेको छ । ग्राण्डलाई छाडेर खराब कर्जा हुने बैंकको अग्रपत्तिमा प्रभु बैंक देखिएको छ । उसको ५.५३ प्रतिशत खराबकर्जा रहेको छ । 

 

लौ हेर्नुस् तपाईले लगानी गरेको बैंकले कति कमायो ? मख्ख नपर्नुस्, ३० बैंकको नाफा ३० करोडले मात्रै बढ्यो, यस्तो छ आँकडा

...............................................................................................................................................................मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

 

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ? बैशाखबाट २ अर्ब रुपैैयाको लागतमा ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण हुँदै

.................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।