हाम्रो आयोजनाले निर्माण अवधिमा वार्षिक साढे सात प्रतिशत प्रतिफल दिन्छ : विनय भण्डारी, प्रमुख कार्यकारी, सिइडिबि हाइड्रो

Mar 04, 2016 Mero Lagani

क्लिन इनर्जी डेभलपमेन्ट बैंकले प्रोमोट गरेको कम्पनी सिइडिबी हाइड्ररो फण्डको भगिनी कम्पनी युनिभर्सल पावर कम्पनीले बैशाखदेखि तल्लो खारेखोला जलविद्युत आयोजनाको निर्माण बैशाखबाट सुरु गर्दैछ । कम्पनीले आयोजना निर्माणका लागि १ अर्ब रुपैंया भन्दा बढी रकम बराबरको अग्राधिकार शेयर जारी गर्दैछ । यसै सन्दर्भमा मेरोलगानीले सिइडिबि हाइड्रोका प्रमुख कार्यकारी अधिकृत विनय भण्डारीसंग गरेको कुराकानी ।

तल्लो खारे खोला जलविधुत आयोजनाका सम्बन्धमा भन्नु पर्दा ?

११ मेगावाटको यो आयोजना किल्न इनर्जी डेभलपमेन्ट बैंकले प्रोमोट गरेको कम्पनी सिइडिभी हाइड्ररो फण्डको नेतृत्वमा अगाडि बढिरहेको छ । सिइडिभी हाइड्रो फण्ड लिमिटेडकोे सहायक कम्पनी युनिभर्सल पावर कम्पनीले यसको स्वामित्व लिइरहेको छ । सिइडिभी हाइडोफण्डको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत शेयर स्वामित्व छ भने बाँकी चाहिँ शेरधनीहरुको हो ।

भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य सुरु गर्न केही ढिलाई भएको हो । आउने बैशाख महिनाभित्र निर्माण कार्यमा जाने योजनामा छौ । निर्माण कार्य थालेको ३ देखि साढे ३ वर्ष सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौ ।

योजनाको लागत कति हो ?

नाकाबन्दी पछिको अवस्थाले निर्माण सामग्रीको भाउ अलि महंगो पर्ने हाम्रो अनुमान छ । डलरको भाउ पनि बढेको छ । हाम्रो अध्ययनले २ अर्ब रुपैंयाको लागत देखिएको छ ।

लगानी कसरी जुटाउँदै हुनुहुन्छ ?

यो आयोजनामा मुख्य लगानीकर्ता सिइडिबी हाइड्ररो फण्डको छ । अहिलेसम्म सबै लगानी हामीले नै गरिरहेका छौ । हाम्रै साहायक राधी विधुत कम्पनीले पनि यसमा लगानी गर्ने प्रतिवद्धता जाहेर गरिसकेको छ । त्यही लगानीको लागि पनि राइट कल गरेका छौं ।

राधी जलविधुत आयोजनाले सर्वसाधारणमा शेयर निष्काशन गरेर तल्लो खारे खोला जलविद्युत आयोजनामा लगानी गर्दैछ । हामीले करिबकरिब ३० देखि ४० करोड सम्मको लगानी गर्छौं । यसका अलावा बाकी लगानीको लागि हामीले पिफरेन्सियल शेयर मार्फत अन्य लगानीकर्तालाई लगानी गर्ने वाताबरण बनाउँदै छौं ।

बैंकहरुको सहभागिता नि ?

बैंकअफ काठमाण्डौसँग ऋण सम्झौता भइसकेको छ । मुख्य शेयरधनीहरुले गर्ने लगानी अनि बैंकले दिने ऋणको कुरा निर्धारण भैसकेको छ । ठुलो ठुलो लगानीमा इक्वीटी पोर्सनको भाग र सर्वसाधारण पोर्सनबाट हामी अगाडि बढिरहेका छौ । बैंकले पनि आफ्नो तर्फबाट त्यसैको आधारमा लगानी गर्ने कुरा भएको छ ।

तपाईहरुको यो योजनामा लगानीकर्ताहरुले लगानी गर्नु पर्ने कारण नै के त ?

यो योजनामा लगानी गर्नु नै पर्ने केही कुराहरु छन् । एउटा कन्र्भटिभल प्रिफरेन्स शेयर हो, जसलाई हामीले निर्माण अवधिमा साढे ७ प्रतिशत वार्षिक प्रतिफल शेयरमा दिने भनेका छौं । यसमा कर समावेश गरिएको छैन । जसले १ सय कित्ता शेयर लगानी गर्नेले निर्माण अवधि भरी प्रत्येक वर्ष असार मसान्तसम्ममा कर कटाएर साढे ६ कित्ता शेयर प्रतिफल पाउने छन् ।

अन्य प्रवद्धकको रुपमा लगानी गर्ने हो भने त्यो सुविधा पाइने छैन । त्यस्तै आयोजना निर्माणमा केही ढिलाई भएपनि बैंकले दिने व्याज बराबरको प्रतिफल त उहाँहरुले पाउनु हुन्छ । आयोजना निर्माणमा केही वर्ष ढिलाई भयो भनेर चिन्ता लिने अवस्था आउन दिंदैनौं ।

बैंकहरुसँग ऋण सम्झौता पश्चात पनि अन्य लगानीकर्ताले लगानीको सुरक्षा महसुस गर्न नसक्लान नि ?

बढी रिक्स साधारण शेयरका लगानीकर्तालाई हुन्छ । नाफा भयो भने सबैभन्दा नाफा उसैलाई हुन्छ घाटा भयो भने पनि उसैलाई हुन्छ । सुरक्षित लगानीकर्ता को हो भन्दा त बैंक हो । बैंकले पर्सनल ग्यारेण्टीका आधारमा मात्र ऋण सम्झौता गरेको हुन्छ । त्यसैले लगानीकर्ताले कुन अवस्थामा के मा लगानी गर्दैछु भन्ने कुरामा बिचार पुर्याउनु पर्छ । र मैले लगानी गर्नु भनेको रिक्स लिएर लगानी गर्ने हो । कि राम्रो प्रतिफल पाउँछु वा डुब्छ भनेर नै रिक्स बुझेर संसारभर लगानी भैरहेको छ । लगानीकर्तालाई हामीले दिने सुनिश्चतता भनेको कामको पारदर्शिता नै हो । तल्लो खारे खोलाको ९० प्रतिशत बाधा अड्चन सकिसकेको छ । अब निर्माण कार्यमा कुनै अवरोध नआओस भन्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने नै हो ।

आयोजना निर्माणका लागि पुरा भएका प्रकृयाहरु ?

फिजीलिटी भइसकेको प्रोजेक्टको पिपिए, लोन एग्रिमेन्ट, इआए भैसकेको छ भने जग्गा किन्ने काम पनि सकिसकेको छ । आयोजना निर्माणका लागि आवश्यक बिस्फोटक पदार्थको एप्रोबल पाइसकेका छौं । फिल्ड डिजाइन, बनको स्वीकृतिको काम अन्तिम चरणमा छ । बैशाख देखि निर्माण गर्न आवश्यक सबै प्रकृया पुरा गर्न तिब्र रुपमा काम भैरहेको छ । निर्माणको चरणमा पसे पछि केही अवरोध आउन सक्ला र नआओस भन्ने हो तर समयमै निर्माण थालेर समयमै निर्माण गरिसक्ने लक्ष्य छ । आजको मितिसम्म १३ करोड लगानी भइसकेको छ ।

अहिलेसम्म सामना गर्नु परेका अनि भोलिका चुनौतीहरु ?

पिपिए नहुने्, लोन एग्रिमेन्ट नहुने् लगायत अन्य विषयमा कठिनाइ भएको भए त हामी डुब्थ्यौ तर सबै कुरा मिलिसकेको छ । र अन्य लगानीकर्ताको हकमा पनि केही समस्या आउन नदिने हाम्रो प्रतिबद्धता हो ।
निर्माण कार्यमा समस्या आउने हो र तिनीहरुलाई समस्या समाधान गर्दै जाने हो । अध्ययनको चरण, लोन सम्झौतादेखि सबै चरण पार गरी हामी अब निर्माणको चरणमा जान लागि तयार भएर बसेका छौ ।लगानीकर्ताले ढुक्क भए हुन्छ कि त्यस्तो कुनै किसिमको रिक्स रहेको छैन । 

१ लाखसम्म लगानी गर्र्नेलाई प्राथमिकतामा राख्नुभयो, तर साना लगानीकर्ता त छोडिने भए नि ?

तपाई ठिक भन्नुभयो । प्रशासनिक कार्यमा कठिनाइ नआसोस् भनेर नै त्यसो गरिएको हो । २ जना मिलेर पचास पचास हजारले पनि लगानी गर्न सकिन्छ नि । कसरी सबैलाई समेट्ने भन्नेमा छलफल भइरहेको छ ।

पावर हाउस निर्माण भएपनि प्रसारण लाइनको समस्या सबैले भोगिरहेका छन्, तपाईहरुको अवस्था के छ ?

अहिलेका सबै आयोजनाको कनेक्सन एग्रिमेन्ट र पिपिए भइसकेपछि ट्रान्समिसन लाईनको ५० प्रतिशत समस्या समाधान भयो । विद्युत प्राधिकरणले कनेक्सन एग्रिमेन्ट गरेपछि उसको दायित्व नै पावर हाउसबाट निस्केको बिजुली प्रशारण लाइनमा जोड्ने हो । ८ वटा आयोजनाहरुलेसबै एग्रिमेन्ट सकेर निर्माण कार्य सुरु गर्दैछन् । त्यसमा हामी पनि पर्छौं । यसका लागि सरकारले केही विचार गरेकै हुनुपर्छ र समस्या आउँदैन भन्नेमा हामी ढुक्क छौ ।

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।