बैंकहरु मर्जरको ईतिहासमा नौलो घटना, राष्ट्रियस्तरको बिकास बैंक फाईनान्समा झर्दा यसरी भयो पोखरेलीको बढुवा

Mar 24, 2016 Merolagani

बैंक तथा बित्तीय संस्थाहरु गाभिने क्रम तीब्र बन्दै गर्दा बिकास बैंक र फाईनान्सहरुमा नौला परिदृश्य देखिन थालेका छन् । पोखराको ओम फाईनान्स त्यहँीको सिटी डेभ्लपमेन्ट बैंकमा गाभिएर राष्ट्रियस्तरको ओम डेभ्लपमेन्ट बेंकमा स्तर उन्नति भएको छ भने काठमाडौमा राष्ट्रियस्तरको बिकास बैंकको रुपमा स्थापित भएको गोर्खा डेभ्लपमेन्ट बैंक काठमाडौ फाईनान्समा गाभिएर गोर्खाज् फाईनान्स बनेको छ ।

एउटा फाइनान्स बिकास बैंक बन्ने र अर्को बिकास बैंक फाईनान्समा घटुवा हुने यो घटना नेपालको बैंकिड. ईतिहासमा नौलो मानिएको छ ।

 संचालकहरुको  बदमासीले संकटग्रस्त बनेको गोर्खा डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिई शेयर मूल्य र संख्या घटाएर काठमाडौ फाईनान्समा मर्ज गराईएको हो । यो मर्जर प्रक्रिया टुंगिएसँगै अब राष्ट्र बैंकको टोली पनि फिर्ता हुने भएको छ ।

गोर्खाज् फाईनान्सले आगामी चैत्र २८ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गर्ने जनाईएको छ । उता ओम डेभलपमेन्ट बैंकले भने चैत्र २२ गतेदेखि नै एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

यी चार वटा संस्थाहरु मिलेर दुई वटा संस्था बने पनि राष्ट्र बैंकको पूँजी बृद्धिसम्बन्धी योजनाका लक्ष्य भेट्टाउन भने मुस्किल पर्ने देखिएको छ । फेरि उनीहरुलाई मर्ज वा एक्विजिशनमा जान बाध्यता आईलाग्ने निश्चित छ ।

काठमाडौ फाइनान्सको चुक्ता पूंजी १८ करोड ३८ लाख रहेकोमा गोर्खालाई गाभ्नुअघि पूंजी बृद्घि गर्न १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । उता गोर्खाको पहिले ६६ करोड चुक्तापूँजी रहेकोमा बास्तविक सम्पतिको मूल्य अनुसार शेयर पूँजी घटाई गाभिनु अघि चुक्तापूँजी १९ करोड ८२ लाख रुपैयाँ कायम गरिएको थियो । बैंकको जगेडाकोष २४ करोड ४५ लाखले नकारात्मक रहेको थियो ।

ओमले भने २९ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी ४९ करोड ४५ लाख ८६ हजार पुर्याएको थियो भने सिटीको ४६ करोड चुक्ता पूँजी रहेको थियो ।

यी चारवटै संस्थाहरुको शेयर आदान प्रदान अर्थात स्वाप रेसियो कति रह्यो भन्ने बारेमा केही जानकारी दिईएको छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।