ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु, चुक्तापुँजी १ अर्ब ५ करोड

Apr 04, 2016 Mero Lagani

पोखरामा मुख्य कार्यालय रहेका ओम फाईनान्स (OFL)  र सिटी डेभ्लपमेन्ट बैंक (CDBL) गाभिएर राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकमा स्तर उन्नति भएको छ । फाइनान्स कम्पनी र डेभलमेन्ट गाँभिएर बनेको ओम डेभलपमेन्ट बैंकले चैत्र २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । कामना विकास बैंकसंग मर्जर प्रक्रिया टुटेपछि ओम फाइनान्स सिटी डिभलपमेन्ट बैंकसंग गाभिएको हो ।

यी दुई संसथालाई गाभिन राष्ट्र बैंकले यही चैत ३ गते अन्तिम स्वीकृति दिको थियो । एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरे ।

 

संयुक्त कारोवार पछि बैंकको चुक्ता पुंजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ८२ करोड र कर्जा ९ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ । त्यसैगरी, शाखा २५ वटा, एटिएम ३ वटा, कर्मचारी २१९ जना, ग्राहक संख्या करिब १ लाख तथा शेयरधनी संख्या १६ हजार २ सय ७५ रहेको बैंकले जनाएको छ ।

मर्जपछि बनेको नयाँ संस्थाको अध्यक्षमा ओम फाइनान्सका अध्यक्ष सुशिलकुमार गोशाली नै अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा सिटी डेभलपमेन्ट बैंकका सीइओ विश्वमोहन अधिकारी रहेकाछन् । त्यसैगरी, डेपुटी सीइओमा ओम फाइनान्सका सीइओ बुद्धि मल्ल रहेका छन् ।

 

 

नयाँ संस्थाको सञ्चालक समितिमा सिटी डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट ब्यवसायिक बिषेशज्ञ सहित ५ जना र ओम फाईनान्स लिमिटेडको तर्फबाट ४ जना गरि जम्मा ९ जनाले प्रतिनिधित्व रहेको छ ।

सिटी डिभलपमेन्ट बैंकले १९.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०१३१ प्रतिशत नगद नगदलाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

 ओम फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट २७.०७ प्रतिशत वोनस शेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पािरत गरिसकेको छ । 

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।