सिद्धार्थ बैंकको बिशेष साधारणसभामा किन छायो यति धेरै खुशी ?

Apr 24, 2016 Merolagani

बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंक (BUDBL) लाई गाभ्ने अन्तिम निर्णय पारित गराउन सिद्धार्थ बैंक (SBL) ले आईतबार राजधानीको भृकुटीमण्डपमा गरेको बिशेष साधरणसभामा सहभागीहरुबीच बेग्लै खुशियाली छायो । बिजिनेश युनिभर्सललाई गाभ्ने क्रममा तय गरिएको स्वाप रेसियो थाहा पाएपछि सिद्धार्थका लागानीकर्तालाई हौस्याएको त थियो नै, बैंकका संचालकहरुले यस बर्ष एक अर्ब खुद नाफा कमाएर देशका बाणिज्य बैंकहरु मध्ये मुख्य पाँच भित्रमा पर्ने योजना पस्किएपछि माहौल एकाएक अर्कै बन्यो ।

 

बिशेष साधारणसभाले सिद्धार्थको १०० कित्ता शेयरको ११५.५९७ कित्ता र बिजिनेश युनिभर्सललाई एकसय कित्ता बराबर सिद्धार्थको ६४ कित्ता शेयर दिने निर्णय पारित गरेको छ । दुबै बैंक मर्ज भएपछि बैंकको चुक्तापूँजी ३ अर्ब ४९ करोड नाघ्ने छ । मर्ज पछि सिद्धार्थको शाखा संख्या ६८ र एटीएमको संख्या ७५, कर्मचारी संख्या ६ सय ३९ पुग्नेछ । निक्षेप ४४ अर्बबाट ५३ अर्ब नाघेको छ भने कर्जा प्रबाह ४४ अर्ब नाघेको छ । अब सिद्धार्थ बैंकको संचालक समितिमा बिजिनेश युनिभर्सलका तर्फबाट एक संचालक थपिनेछन् भने प्रमुख कार्यकारीमा सिद्धार्थकै सुरेन्द्र भण्डारी नै कायम रहने भएका छन् ।


दुबै बैंकका लगानीकर्ता मालामाल


मर्ज प्रक्रियाले अन्तिम रुप पाएसँगै दुबै बैंकका लगानीकर्ता मालामाल हुने भएका छन् । सिद्धार्थ बैंकको साधारणसभाले मर्जपछि २५ प्रतिशत हकप्रद दिएर चुक्ता पूँजी बढाउने निर्णय पनि पारित गरेकाले बिजिनेश युनिभर्सलका लगानीकर्ताले पनि त्यो लाभ पाउने स्पष्ट भएको छ । शेयर स्वाप रेसियोबाट सिद्धार्थका मात्रै हैन, बिजिनेश युनिर्सलका लगानीकर्तालाई पनि निकै लाभ पुगेको छ ।

सिद्धार्थ जस्तो सक्षम र प्रगति गर्दै गरेको बैंकमा गाभिन पाउनु पनि बिजिनेश युनिभर्सलका लागानीकर्ताका लागि ठूलै अवसर मानिएको छ । यसबाट शेयर मूल्य मात्रै बढ्ने नभई समग्र कम्पनीकै अबस्थामा गुणत्मक परिवर्तन देखा पर्ने अपेक्षा गरिएको छ । 


एक अर्ब खुद नाफा नघाउने लक्ष्य


सिद्धार्थ बैंकले चालु आर्थिक बर्षभित्रमा खुद नाफा एक अर्ब नघाउने लक्ष्य लिएको छ । बैंकले तेस्रो त्रैमाससम्ममा एक अर्ब ३२ करोड संचालन मुुनाफा आर्जन गरेको छ भने खुद नाफामा पनि उल्लेखनीय बृद्धि भएको प्रमुख कार्यकारी भण्डारीले मेरो लगानीलाई बताए ।


साधारणसभामा बोल्दै लगानीकर्ता अमृतनाथ रेग्मीले सिद्धार्थ बैंकले आगामी दुई बर्षमा खुद नाफा दुई अर्ब नघाएर मूख्य पाँच बाणिज्य बैंकभित्र आफ्नो स्थान सुरक्षित गर्न सल्लाह दिएका थिए । संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले रेग्मीको प्रस्तावको समर्थन गर्दै आफुहरुले त्यसै अनुसारको तयारी गर्ने बचन दिएपछि लगानीकर्ताहरुमा अरु उत्साहको वातावरण बनेको थियो ।


बैंकले मर्जर, एक्विजिशन, हकप्रद र बोनसबाटै  चुक्ता पूँजी ८ अर्ब बनाउने पूँजी योजनालाई फेरि दोहोर्याएको छ । यसपटक पारित गरिएको २५ प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पूँजी ४ अर्ब ३६ करोड नाघ्ने छ ।


शेयर कारोबार कहिले खुल्ला ?


मर्जको अन्तिम निर्णय अब राष्ट्र बैंक पठाएर स्वीकृत भएपछि सिद्धार्थ र बिजिनेश युनिभर्सलको संयुक्त बैंकिड. कारोबार सुरु हुनेछ । त्यसपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट दुबै कम्पनी एक भएको प्रमाणित भएपछि शेयर समायोजन गरेर नेप्सेमा कारोबार खोल्ने पहल गरिने बैंकले जनाएको छ । राष्ट्र बेैकबाट अन्तिम स्वीकृति पाउन समय लाग्ने भएकाले शेयर किनबेचका लागि लगानीकर्ताले कम्तिमा दुई महिना कुर्नुपर्ने अबस्था छ । सिद्धार्थ बैंकले क्रमबद्ध प्रगति गर्दै गएको र पूँजी आधार तथा प्रतिफल बितरण बढ्दो रुपमा रहेकाले शेयर बजारमा त्यस बैंकको शेयर खरिद गर्न लगानीकर्ताहरु प्रतीक्षा गरिरहेका छन् ।

बिजिनेश युनिभर्सलको बिशेष साधारणसभाले पनि सिद्धार्थले जस्तै आइृतबार नै निर्णय पारित गरेर मर्जरलाई अन्तिम रुप दिएको छ । 

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।