एक जिल्ले र दश जिल्ले विकास बैंक गाभिएर बनेको शाइन रेसुङ्गाको चुक्ता पूँजी झण्डै ८८ करोड रुपैयाँ पुगेको छ । मर्जर पश्चात बैंकको निक्षेप ८ अर्ब बढी र कर्जा लगानी ७ अर्ब बढी पुगेको छ । केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २६ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् ।
मर्जर पश्चात शाइन रेसुङ्गा पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायत सबै आधारमा क्षेत्रीय स्तरको (दश जिल्ले ) सबैभन्दा ठुलो बैंक बनेको शाइना रेसुङ्गाका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले मेरो लगानीलाई बताए । राष्ट्र बैंकको निर्देशन अनुसार दश जिल्ले बैंकले ७४ असार सम्म १ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने हुन्छ, अहिले हाम्रो पूँजी ८८ करोड भन्दा बढी छ , हामी सो अवधिसम्म बोनश बाटै तोकिएको पूँजी पूर्याउन सक्षम छौ, “ पौडेलले भने ।
“हाम्रो लक्ष्य भनेको राष्ट्रिय स्तरको विकास बैंक बन्ने नै हो । त्यसका लागि आगामी दिनमा नयाँ योजनाका साथ हामी अगाडि बढ्छौ, अहिले हामीले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच विस्तार र वित्तीय साक्षरता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौ,” पौडेलले भने ।
मर्जर अघि प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने शाइन रेसुङ्गाको ६३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो ।
शाइन रेसुङ्गाले गत आर्थिक बर्षको मुनाफाबाट २७ प्रतिशत बोनश सेयर वितरण गरेको थियो भने गौमुखीले २१ प्रतिशत बोनश शेयर वितरण गरेको थियो ।
दुई वटै विकास बैंकले गत असोजमा मर्जर सम्बन्धी सम्झैता गरि राष्ट्र बैंकमा सैद्दान्तिक सहमतिका लागि संयुक्त आवेदन दिएका थिए ।
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...............................................................................................................................................................
१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु