बाणिज्य बैंकहरुले धमाधम साना कम्पनी उठाउँदै, प्राईमले बिराटलक्ष्मी र कन्ट्री किन्यो

Jun 07, 2016 Merolagani

आउँदो २०७४ असार भित्र ८ अर्ब चुक्ता पूँजी पुर्याउँनुपर्ने बाध्यतामा रहेका बाणिज्य बैंकहरुले धमाधम साना कम्पनीहरुलाई किन्न थालेका छन् । सानिमा बैंकले बागमति डेभ्लपमेन्ट बैंकलाई किने लगत्तै अर्को बाणिज्य बैंक प्राईम(PCBL)ले बिराटनगरको बिराटलक्ष्मी (BLDBL)र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंक(CNDBL)लाई किन्ने सम्झौता गरेको हो ।

हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउने निर्णयमा पुगेका यी दुबै बाणिज्य बैंकले साना बिकास बैंकहरुलाई उठाउनुको पछाडि राष्ट्र बैंकको रणनीतिले काम गरेको आँकलन गरिएको छ । राष्ट्र बैंकले ठूला बाणिज्य बैंकहरुलाई साना कम्पनीहरु आफुमा मिलाएर जान दबाब दिएको परिणाम राम्रा बिकास बैंकहरु खोसाखोस हुने अबस्था आएको छ । ठूलो परिमाणमा हकप्रद जारी गरेका बाणिज्य बैंकहरुले पनि साना कम्पनीहरुलाई उठाउनु बैंक तथा बित्तीय संस्थाहरुको संख्या घटाउने राष्ट्र बैंककै रणनीति अनुरुपको कार्य मानिएको छ ।

सोमबार प्राईमले किन्ने सम्झौता गरेको बिराटलक्ष्मीको चुक्ता पूँजी ४२ करोड छ भने कन्ट्रीको चुक्ता पूँजी, ३३ करोड छ । प्राईमले किन्ने सूचना बजारमा चुहिएपछि सोमबार नेप्सेमा कन्ट्रीको शेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको थियो । यी दुबै बैंकलाई कुन स्वाप रेसियोमा प्राईमले किनेको हो भन्ने खुलाईएको छैन तर प्राईमले चुक्ता पूँजी बढाउँन ३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएको सन्दर्भमा उसको पूँजी बृद्धिमा यी दुबै बिकास बैंक सहायक हुने देखिन्छ । प्राईमको हाल चुक्ता पूँजी ३ अर्ब ७० करोड रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।