ग्राण्डको खराब कर्जाको भारी बोकेर पनि प्रभु बैंकले बढायो खुद नाफा

Aug 02, 2016 Merolagani

प्रभु बैंकले आफुमा मिसिएको ग्राण्ड बैंकको खराब कर्जाको भारी बोकेर पनि खुद नाफा बृद्धि गर्नुका साथै जगेडा कोषलाई ३६ करोडले धनात्मक बनाउन सफल भएको छ । बैंकले गत आर्थिक बर्षमा खुद नाफा १३ करोडले बढाउन सफल भई एक अर्ब १४ करोड नघाएको छ भने निस्क्रिय कर्जा अनुपातलाई ८.३८ प्रतिशतमा सिमित गरेको छ ।


निक्षेप, कर्जा, ब्याज आम्दानी र संचालन मुनाफामा ब्यापक बढोत्तरी गर्न सफल भएको बैंकले डुबेको कर्जा असुल गरेर कर्जा जोखिम कोषमा राखिएको एक अर्ब ५ करोड फिर्ता ल्याएको छ । मेरोलगानी डटकमको पूर्व आँकलन मिल्ने गरी प्रभुको खुद नाफा आएको छ ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

ग्राण्डलाई लिएपछिको गत बर्षको तेस्रो त्रैमासको संयुक्त बित्तीय बिबरणमा प्रभुको जगेडा कोष १८ करोडले ऋणात्मक र निस्क्रिय कर्जा अनुपात १० प्रतिशत माथि पुगेको थियो । 

पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ र पूँजी कोष अनुपात १२.१३ प्रतिशत रहेको छ । बैंकको प्रशासनिक र संचालन खर्च पनि ब्यापक रुपमा बढेकाले त्यसलाई नियन्त्रणमा राख्नु चुनौतिपूर्ण देखिएको छ । किष्ट आफैमा बढी शाखा संजाल भएको बैंक थियो भने ग्राण्डका पनि थुप्रै शाखा संजाल र कर्मचारी थिए । यी दुबैलाई मिलाउँदा खर्च धान्न प्रभुलाई सकस परेको देखिन्छ । 

प्रभुले तत्कालीन किष्ट र ग्राण्ड बैंकको खराब कर्जा वापत विगतमा धेरै रकम प्रोभिजन गरेकाले त्यस्ता कर्जाहरु असुल गर्दै गएमा भोलि चमत्कारिक प्रगति गर्न सक्ने संभावना भने धेरै नै छ । एकातिर ब्याज आम्दानी र संचालन नाफा बढाउने अर्को तर्फ प्रोभिजन गरेको कर्जा जोखिम कोषबाट रकम फिर्ता ल्याउँदै गर्दा चालु आर्थिक बर्षमा आकर्षक खुद नाफा गरी लगानीकर्तालाई लाभांश बितरण गर्नसक्ने कम्पनीमा दरिनसक्ने संकेत प्रभुले देखाएको छ । तर गत बर्षको खुद नाफाबाट जगेडा कोषमा बाँकी रहेको ३६ करोडबाट लगानीकर्तालाई केही पनि बाड्न नसक्ने अबस्था छ कनिभने निस्क्रिय कर्जा नै ८ प्रतिशत छ । निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा माथि रहेको कम्पनीले लाभांश बाड्न नपाउने नीति राष्ट्र बैंकको छ । 

बिगतमा प्रभु फाईनान्सको रुपमा अगाडि आएको कम्पनीले संकटग्रस्त किष्ट बैंक, खारेजीमा गएको नेपाल बिकास बेंक र ग्राण्ड बैंकलगायतलाई किनेर सुधारको अभ्यास गरेको हो । ग्राण्डलाई गाभेपछि संयुक्त बैंकिड. कारोबार सुरु गरेको लामो समय भइृसक्दा पनि शेयर कारोबार भने खुल्न नसक्दा प्रभुका लगानीकर्ता पीडित बन्दै आएका छन् ।

यो पनि पढ्नुहोस् ।

प्रभुले यसरी किन रुवायो लगानीकर्ता ?

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।