सनराईज र सिद्धार्थ बैंक दुबैमा मारबाडी समुदायको बर्चस्व, कसको प्रगति राम्रो ?

Aug 02, 2016 Merolagani

दुबै मारवाडी समुदायको बाहुल्यता रहेको बाणिज्य बैंक । अर्को एउटा समानता पनि छ, दुबैले एक एकवटा संस्थालाई आफुमा मिलाएका छन् । दुबैले एकैदिन अर्थात मंगलबार त्यसमा पनि एउटै पत्रिकामा गत आर्थिक बर्षको बित्तीय बिबरण पस्केका छन् । अब फरक छुट्याउनु परेको छ सिद्धार्थ बैंक (SBL)र सनराईज बैंक(SRBL)मा कसको प्रगति राम्रो ?


बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई आफुमा गाभेको सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा एक अर्ब २६ करोड खुद नाफा कमाएको छ । उसको खुद नाफा अघिल्लो आर्थिक बर्षमा ७७ करोड मात्र रहेको थियो भने बिजिनेश युनिभर्सलको १६ करोड थियो । यसरी हिसाव गर्दा मर्जपछि सिदार्थको गत आर्थिक बर्षमा ३५ प्रतिशतले खुद नाफा  बढेको देखिन्छ ।

तर नारायणी नेशनल फाईनान्सलाई किनेको सनराईजले आफुले मात्रै ९५ करोड खुद नाफा गरेको छ । उसले अघिल्लो बर्ष ४७ करोड मात्र खुद नाफा कमाएकोमा १०२ प्रतिशतले बृद्धि गरेको हो । एकैदिन एउटै पत्रिकाको एउटै पानामा अलग्गै बित्तीय बिबरण प्रकाशन गरेको नारायणी नेशनलले २५ करोड खुद नाफा कमाएको छ । यी दुबैको जोड्दा एक अर्ब २० करोड माथि हुन्छ र  अघिल्लो आर्थिक बर्षको तुलनामा ७८ प्रतिशतले बढोत्तरी भएको देखिन्छ ।


स्वाप रेसियोबाट बचेको रकम भिडाउँदा सिद्धार्थको जगेडा कोषमा ४५ करोडबिजिनेश युनिभर्सलको तर्फबाट थपिएको छ भने सनराईजको जगेडा कोषमा १९ करोडभन्दा बढी आउने छ, जुन लगानीकर्ताले बोनस शेयर खान उपयोगमा ल्याउनसक्छन् । सिद्धार्थको संयुक्त बित्तीय बिबरण प्रकाशित भएकाले गत बर्षकै हिसावमा बोनस बाड्न मिल्ने अबस्था भए पनि सनराईजको जगेडा कोषमा जाने १९ करोडको बोनस आउने साधारणसभामा लगानीकर्ताले खान मिल्ला, नमिल्ला भन्न सकिन्न तर नारायणी नेशनलको बित्तीय बिबरणमा सनराईज बैंकले असार ३० गते किनेको कुरा उल्लेख हुनुले प्राबिधिक कारणले मात्र अलग बित्तीय बिबरण आएको स्पष्ट हुन्छ ।

बिजिनेश युनिभर्सलको समेत पूँजी जोडदा सिद्धार्थको चुक्ता पूँजी ३ अर्ब २ करोड पुगेको छ भने जगेडा कोष ३ अर्ब २३ करोड छ । तर सनराईजतर्फ नारायणी नेशनललाई दिईएको ७७ प्रतिशत स्वाप रेसियोले हिसाव गरी जोड्दा चुक्ता पूँजी चार अर्ब ५८ करोड भन्दा बढी हुन्छ । सनराईज र नारायणी नेशनल दुबैको जगेडा कोष जोड्दा दुई अर्ब ६८ करोड पुग्छ ।

सिद्धार्थको निस्क्रिय कर्जा अनुपात १.४१ प्रतिशत छ भने सनराईजको मात्रै १.२४ प्रतिशत र नारायणी नेशनलको ०.४३ प्रतिशत मात्र रहेकाले दुबैको जोड्दा सिद्धार्थको भन्दा कम हुन्छ । तर दुबै बाणिज्य बैंकले निस्क्रिय कर्जा अनुपातलाई घटाउन भने तीब्र प्रतिस्पर्धा गरेको देखिएको छ ।

सनराईजको मात्रै प्रति शेयर आम्दानी २३ रुपैयाँ छ भने सिद्धार्थको संयुक्त बिबरणको हिसाव अनुसार ४१ रुपैयाँ कायम भएको छ । मूल्य आम्दानी अनुपात मा सिद्धार्थको २२ र सनराईजको ३१ गुणा छ तर नारयाणी नेशनलको समेत हिसाव जोड्दा सनराईजको फरक पर्नजान्छ । सिद्धार्थको प्रति शेयर नेटवर्थ २०६ र सनराईज एक्लैको १५४ रुपैयाँ मात्र देखिन्छ ।

सिद्धार्थले सुरु देखि नै क्रमिक प्रगति गर्दै आएको हो भने सनराईज बैंक सुरुका बर्षहरुमाा संकटग्रस्त अबस्थातिर गएर तीन बर्ष यता तीब्र सुधार गरी अगाडि बढेको हो ।

सिद्धार्थको निक्षेप ६४ अर्ब छ भने सनराईजतर्फ नारायाणी नेशनलसमेत जोड्दा ५८ अर्ब भन्दा माथि पुग्छ । पूँजी कोषको आधारमा सिद्धार्थ भन्दा सनराईज बलियो देखिन्छ ।

सनराईज भन्दा सिद्धार्थले बोनस शेयर धेरै दिनसक्ने स्पष्ट छ तर चुक्ता पूँजी ८ अर्ब पुर्याउँन दुबैलाई विकल्पहरु नसोची नहुने अबस्था छ । सिद्धार्थले २५ प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा निबेदन दिएको छ भने सनराईजले पनि ३० प्रतिशतभन्दा माथि हकप्रद जारी गर्ने संभावना जिवितै छ किनभने नारायणी नेशनललाई किन्ने निर्णय गरेपछि उसले हकप्रदको योजनालाई केही समय स्थगित गरिएको जनाएको थियो ।

पूँजी आधार, सहायक कम्पनीहरुको अबस्था र सबै बित्तीय बिबरण भिडाउँदा कहांको सिद्धार्थ, कहाँको सनराईज भन्ने अबस्था हुनसक्छ । एकैदिन बित्तीय बिबरण प्रकाशन भएका र एक एक वटा कम्पनी आफुमा समाहित गरेकाले उनीहरुको तुलनात्मक अध्ययन मात्र गरिएको हो ।

मेरोलगानी डटकमले गरेको पूर्व आँकलनमा दुबै बाणिज्य बैंकको खुद नाफा पाँच करोड हाराहारीले मात्र फरक पर्न गएको छ । 

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।