दिव्यश्वरी हाइड्रोको साधारण शेयर यसरी भयो बाँडफाँड, कसले कति पाए ?

Aug 24, 2016 Mero Lagani

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको कम्पनीले बुधबार एक कार्यक्रमका बिच शेयर बाँडफाँड गरेको हो । ८७ हजारसम्मका आवेदकलाई गोलाप्रथा गरिएकोमा अधिकता शेयर पाउने लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलको माउ कम्पनी एस डेभलपमेण्ट बैंकमा गरिएको बाँडफाँड अनुसार ८७ हजार रुपैंयासम्मका आवेदकहरुलाई गोलाप्रथाबाट १० कित्ता शेयर बितरण गरिएको छ । त्यसै गरि ८८ हजार देखि ९८ हजार रुपैंयासम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता शेयर पाएका छन् भने ९९ हजार र १ लाख रुपैंयाका आवेदकले पनि अनिवार्य रुपमा ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको ३ लाख ९६ हजार कित्ता शेयरका लागि परेका आवेदन मध्ये ९९ वटा आवेदन रद्ध भएका छन् भने १ लाख १२ हजार ५ सय २७ आवेदन गोलाप्रथामा परेका छन् । जसमा साना लगानीकर्ताहरुको आवेदन संख्या ९५ हजार २ सय ३० र ५० हजार रुपैंया भन्दा माथिका आवेदकको संख्या १७ हजार २ सय ९७ रहेकोमा १ लाख रुपैंयाको मात्र १५ हजार ५ सय ९० वटा आवेदन परेको थियो ।

शेयर बाँडफाँड पश्चात गोलाप्रथाको नतिजा तयार हुने क्रम जारी छ । प्रकृया पुरा भए पछि केही बेरमा सबै नतिजा मेरोलगानीमा प्रकाशित हुने छ ।

इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गरेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

साधारण शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने हाइड्रोका अध्यक्ष क्याप्टेन डि आर निरौलाले जानकारी दिए । उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले निकट भविष्यमा नै व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।