एनसीसी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंक र इन्टरनेशनल डेभलपमेण्ट बैंकसंग मर्जर प्रकृया पुरा गराउने तयारीमा रहेको बैंकले संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्नका लागि विशेष साधारण सभा बोलाएको हो ।
मेरोलगानीसंग कुरा गदैृ एपेक्स डेभलपमेण्ट बैंकका अध्यक्ष विष्णु धितालले भने ‘अहिलेको ६६ र ३३ प्रतिशतको अनुपातमा रहेको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्नका लागि विशेष साधारण सभा आह्वान गरिएको हो । सभाले १६ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्नेछ ।’
बैंकले अहिलेको शेयर स्वामित्वको अनुपातलाई ५१ अनुपात ४९ बनाउन लागेको हो । धितालका अनुसार मर्जरको काम पनि तिब्र रुपमा अघि बढिरहेको छ । अशोज महिना भित्रमा एकीकृत कारोबार सुरु गर्ने गरि बैंक तर्फका कामहरु अघि बढाइएको उनले बताए । ‘राष्ट्र बैंकले अन्तिम स्वीकृति कहिले दिन्छ भन्ने पर्खेर बसेका छौं’ धितालले भने ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।