सिद्धार्थले सुरु गरेपछि लक्ष्मी पनि अघि सर्यो

Sep 07, 2016 Mero Lagani

लगानीकर्ताको बैंक खातामा अनिवार्य रुपमा नगद लाभांस जम्मा गर्नुपर्ने व्यवस्थासंगै त्यसै अनुरुप लभांस जम्मा गराउने अभ्यास सुरु भएको छ । यस क्रममा सिद्धर्थ क्यापिटलले लगानीकर्तासँग बैंक खाता माग गरे लगत्तै लक्ष्मी क्यापिटलले पनि लक्ष्मी भ्याल्लु फण्ड १ का लगानीकर्तालाई लाभांस जम्मा गर्न बैंक खाता मागेको छ । उसले १० दिन भित्रमा बैंक खाता उपलब्ध गराउन लगानीकर्तासंग आग्रह गरेको हो ।

नेपाल क्लियरिंग हाउसमा सदस्य बनेका बैंक तथा वित्तीय संस्थामा सिधै लगानीकर्ताले पाउने लाभांस वापतको रकम जम्मा गर्नका लागि क्यापिटलले बैंक खाता माग गरेको हो । लक्ष्मी भ्याल्लु फण्डले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ । गत साउन ३२ गतेसम्म फण्डका ईकाई खरिद गरेका लगानीकर्ताले मात्र उक्त लाभांस पाउने भएकाले क्यापिटलले सो दिनभन्दा अघि ईकाई खरिद गरेका शेयरधनीहरुसँग मात्र बैंक खाता मागेको हो ।

ईकाइधनीले बैंक खाताको विबरण उपलब्ध गराउँदा गलत विबरण दिएको खण्डमा त्यसको जिम्मेवारी ईकाइधनीको हुने भन्दै क्यापिटलले सहि विबरण उपलब्ध गराउन पनि आग्रह गरेको छ । बैंक खाता उपलब्ध गराउने आवेदनको फारम क्यापिटलको वेबसाइटमा उपलब्ध रहेको सुचनामा उल्लेख छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।