एनएमबी हाइब्रिड फण्ड एल १ मा कति पर्यो आवेदन ? शुक्रबार आवेदन बन्द हुँदै

Sep 14, 2016 Mero Lagani

एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले सञ्चालन गरेको एनएमबी म्युचुअल फण्डको दास्रो योजनाका ईकाईहरुमा २ दिनमा ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा उक्त परिमाणको आवेदन परेको हो । आगामी शुक्रबारसम्ममा लक्षित ८० करोड रुपैंया संकलन हुने क्यापिटलले विश्वास लिएको छ ।

सुरक्षित लगानी र निरन्तर प्रतिफलका लागि म्युचुअल फण्डहरुमा लगानी गर्नु दोस्रो बजारमा शेयर कारोबार गर्नु भन्दा राम्रो हो । जसका कारण सुरक्षाका दृष्टिकोणले राम्रो मानिने संस्थागत लगानीमा पनि पछिल्ला दिनमा लगानीकर्ताको आकर्षण बढेर गएको छ । एनएमबी क्यापिटलले ल्याएको ८० करोडको एनएमबी हाइब्रिड फण्ड एल वानमा ईकाइ निष्काशन भएको दोस्रो दिनसम्ममा ४० करोड रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ ।

[एनएमबि क्यापिटलले ल्यायो दोस्रो सामुहिक लगानीकोष योजना,असी करोडको इकाई भदौ २६ गतेबाट बिक्री खुला]

 

मंगलबार सार्वजनिक बिदा कारण बुधबार ईकाइको आवेदनमा चाप परेको छ । बिहीबार पनि उपत्यका बिदा भएका कारण फण्डका ईकाईहरुमा शुक्रबारसम्म आवेदन दिन सकिने एनएमबी क्यापिटलले जनाएको छ ।
निष्काशन सुरु भएको पहिलो र दोस्रो दिनको तुलनामा बुधबार ईकाइका आवेदकको संख्या अधिक भएको र अन्तिम दिनसम्ममा माग गरेभन्दा धेरै आवेदन पर्ने आँकलन क्यापिटलले गरेको छ ।

शेयरमा नयाँ लगानीकर्ताको संख्या बढेको र बजारमा हुने कृयाकलापको तुलनामा म्युचुअल फण्डमा हुने लगानी सुरक्षित हुने भएका कारण त्यस्ता लगानीकर्ताको संख्या बढेको देखिएको हो । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौ तथा एनएमबि बैंकका सबै शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

यस अघि एनएमबी म्युचुअल फण्डले नै सञ्चालन गरेको पहिलो योजना एनएमबी सुलभ ईन्भेष्टमेण्ट फण्ड वानले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । तेस्रो योजना पनि ल्याउने सम्पुर्ण तयारी सकेको क्यापिटल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा रहेको छ ।

 

[एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड १ ले कति प्रस्ताव गर्यो लाभांस ?]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।