एनएमबी हाइब्रिड फण्ड एल १ मा कति पर्यो आवेदन ?

Sep 18, 2016 Mero Lagani

एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल अन्तरगतको एनएमबी म्युचुअल फण्डले निष्काशन गरेको दोस्रो योजनाका इकाईका लागि झण्डै ४ अर्ब रुपैंयाको आवेदन परेको छ । एनएमबि हाईब्रिड फण्ड एल एक नाम दिएको बन्दमुखि सात बर्षे यस योजनाका आठ करोड ईकाईका लागि ३ अर्ब ८० करोडको आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ । धेरै आवेदन परेका कारण योजनाको आकार पनि ८० करोडबाट १ अर्ब रुपैंया पुगेको छ ।

भदौ २६ गतेदेखि निष्काशन भएका इकाईहरुको निष्काशन गत शुक्रबार बन्द भएको थियो । मेरोलगानीसँग कुरा गर्दै एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले भने, -‘प्रारम्भिक तथ्यांक अनुसार हाइब्रिड फण्डका लागि ३ अर्ब ८० करोड रुपैंयाको आवेदन परेको छ । सबै आवेदनमा आएका चेक राफसाफ गराउने काम तिब्र पारिएको छ ।’

उनका अनुसार फण्डका इकाईमा लगानीकर्ताको उत्साह देखिएका कारण योजनाको आकार पनि ८० करोडबाट १ अर्ब रुपैंया पुगेको छ । शेयरमा नयाँ लगानीकर्ताको संख्या बढेको र बजारमा हुने कृयाकलापको तुलनामा म्युचुअल फण्डमा हुने लगानी सुरक्षित हुने भएका कारण त्यस्ता लगानीकर्ताको संख्या बढेको देखिएको हो ।

यस अघि एनएमबी म्युचुअल फण्डले नै सञ्चालन गरेको पहिलो योजना एनएमबी सुलभ ईन्भेष्टमेण्ट फण्ड वानले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । तेस्रो योजना पनि ल्याउने सम्पुर्ण तयारी सकेको क्यापिटल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा रहेको छ ।

[एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड १ ले कति प्रस्ताव गर्यो लाभांस ?]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।