ग्राण्ड बैंकका बदमासहरुलाई छाडा छाडेर पीडित लगानीकर्तामाथि किन पीडा थप्दैछ राष्ट्र बैंक ?

Oct 04, 2016 Merolagani

सुरेन्द्र थापा
प्रभु बैंक(PRVU))मा बिलय भएको ग्राण्ड बैंक(GRAND)को सेयर कारोेबार रोकेर प्रभुको मात्रै कारोबार खोल्न निर्देशन दिएको नेपाल राष्ट्र बैंक नेपाल स्टक एक्सचेन्ज र पीडित लगानीकर्ताहरुलाई परेको अफ्ठेरो फुकाउँन अझै उदासिन देखिएको छ ।

ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार चालु गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै नेप्सेले राष्ट्र बैंकलाई पत्र लेखेको थियो ।

नेप्सेको इतिहासमा दुई कम्पनी एक भइसकेको अवस्थामा एकको मात्र सेयर कारोबार नगरेको र त्यसले सेयर समायोजनमा गाह्रो हुने भएकाले त्यसलाई सम्बोधन गरिदिन राष्ट्र बैंकलाई नेप्सेले आग्रह गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले नेप्सेले लेखेको पत्रबारे कुनै छलफल र निर्णय नभएको जानकारी दिदै पछि सेयर मूल्य मिलान गर्ने जिम्मेवारी नेप्सेको नै हुने बताउनु भयो । उहाँले भन्नुभयो,-सेयर मूल्य कसरी मिलाउने भन्ने कुरा हाम्रो जिम्मेबारी भित्र पर्दैन ।

राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको र असुल हुन पनि नसकेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिएको छ । कर्जाको धितो र असुलीको अबस्थामा कैफियत देखियो भने त्यो कर्जा परिचालन गर्ने कर्मचारी, ब्यवस्थापक र संचालक समितिका तत्कालीन जिम्मेबार अधिकारीहरुलाई कारबाही गर्नुपर्नेमा राष्ट्र बैंकले सबै सेयरधनीलाई सजाय दिएर अनौठो काम गरेको टिप्पणी सेयर बजारमा हुन थालेको छ । उठ्दै नउठ्ने कर्जा दिएर बैंकलाई धरासायी बनाउन भुमिका खेल्ने ग्राण्ड बैंकका तत्कालीन प्रमुख कार्यकारी सुधिर खत्री र संचालक समितिका सदस्यहरुलाई अहिलेसम्म राष्ट्र बैंकले कुनै कारबाही गरेको सार्वजनिक भएको छैन ।

ग्राण्ड बैंक डुब्ने पक्का भएपछि त्यसका संस्थापक र कर्मचारीहरुले एकसय प्रतिशत हकप्रद आउने भन्दै बजारमा सेयरको भाऊ बढाएर आफुसँग भएको साधारण सेयर बेची बाहिरिएका थिए । हकप्रदको भुलैयामा सोझा सर्बसाधारण लगानीकर्तालाई महंगोमा सेयर बेचेपछि खत्रीले प्रमुख कार्यकारीबाट राजीनामा दिएका थिए भने संचालकहरुले बैंक गंभीर संकटमा परेको जानकारी गराएपछि राष्ट्र बैंकले कारबाही गरेको थियो ।

प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य ३६३ रुपैयाँ तोकिएर सोमबारदेखि सेयर कारोबार खुलेको थियो । । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो भने ग्राण्ड बैंकको १८४ रुपैयाँमा अन्तिम सेयर कारोबार भएको थियो । दुबै बैंकको सेयर स्वाप रेसियो तय भएर एकीकृत बैंकिड. कारोबार भईसकेको अबस्थामा प्रभु तर्फको मात्रै सेयर कारोबार खुलाउँदा सेयर मूल्य समायोजनमा पछि समस्या आउने छ भने झण्डै दुई बर्षदेखि सेयर कारोबार रोकिँदा ग्राण्डका लगानीकर्ताहरु चर्को मारमा परिरहेकोमा झन् पीडा थपिएको छ । मर्ज हुँदा ग्राण्डको ६५.५८ र प्रभुको १२१.४५ अनुपात कायम हुने निर्णय भएको थियो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।