प्रभु बैंकको सेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन

Oct 05, 2016 Merolagani

नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्न नेपाल स्टक एक्सेचेन्जलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले प्रभु र ग्राण्ड बैंक मर्ज भएर एकीकृत बैंकिड् कारोबार गरेको लामो समयपछि प्रभु बैंकको मात्र सेयर कारोबार खोल्ने निर्णय गरेपछि सोमबारदेखि नेप्सेमा प्रभु बैंकको सेयर कारोबार खुलेको थियो ।

 

 नेपाल स्टक एक्सचेन्जले प्रभुको मात्र कारोबार खोल्दा सेयर मूल्य मिलानमा समस्या पर्ने भन्दै राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समस्या समाधानका लागि आग्रह गरेको थियो ।  बोर्डले तत्कालका लागि प्रभुको सेयर कारोबार रोक्न निर्देशन दिएको हो । सोमबार र मंगलबार नेप्सेमा प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो ।

धितोपत्र बोर्डले आफ्नो निर्देशनमामा भनेको छ-साविकको ग्रान्ड बैंक लि. र प्रभु बैंक लि. एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई मिति २०७२।१०।२९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार संचालन भई मिति २०७३।०६।१७ गतेदेखि उक्त प्रभु बैंक लि. को शेयर कारोबार आशिंक रुपमा मात्र नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा कारोबार भैरहेको सम्बन्धमा बोर्डको ध्यानार्कषण भएको छ ।

गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात संगठित संस्थाको शेयर बोर्डमा अभिलेख गरेर मात्र शेयर कारोवार हुने व्यवस्था भएकोमा साविकको ग्रान्ड बैंक लि. र प्रभु बैंक लि. एक आपसमा गाभिई बनेको प्रभु बैंक लि. को शेयर यस बोर्डमा अभिलेख नगरी आशिंक रुपमा खुल्ला भएको शेयर कारोबार मिति २०७३।०६।१९ देखि स्थगन गर्न नेप्सेलाई निर्देशन दिइएको बोर्डले जनाएको छ ।

साथै अव उप्रान्त गाभ्ने गाभिने कार्य सम्पन्न भएपश्चात एकीकृत शेयरको मात्र कारोवार गर्ने व्यवस्था गर्न समेत नेपाल स्टक एक्सचेञ्ज लि. लाई निर्देशन दिइएको बोर्डको बिज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् ।

ग्राण्ड बैंकका बदमासहरुलाई छाडा छाडेर पीडित लगानीकर्तामाथि किन पीडा थप्दैछ राष्ट्र बैंक ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।