कसमस डेभलपमेन्ट बैंकको साढे २३ प्रतिशत बोनस घोषणा

Oct 06, 2016 m

कसमस डेभलपमेण्ट बैंक (CSDBL) ले गत आर्थिक बर्षको कमाईबाट झण्डै पच्चिस प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले २३.६० प्रतिशत बोनस सेयर तथा १.२४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

गत आषाढ मसान्तको वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी ५ करोड ३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ । बैंकले गत साउनमा ५ लाख ३ हजार एक सय २५ कित्ता हकप्रद शेयर बिक्री गरिसकेको छ । हकप्रद पश्चात बैंकको पूँजी दोब्बर भएको छ । अब त्यसमा बोनस सेयर थपिनेछ ।

गत आर्थिक बर्षमा बैंकले एक करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।