एनएमबी हाइब्रिड फण्ड एल वानको ईकाई बाँडफाँड हुँदै, कसले कति पाउला ?

Oct 25, 2016 Merolagani

एनएमबी हाइब्रिड फण्ड एल १ का ईकाईहरु मंगलबार साँझ बाँडफाँड हुँदैछ । एनएमबी क्यापिटल परिसरमा बुधबार साँझ सवा ५ बजे ईकाई बाँडफाँड हुँदैछ । ४ गुणा बढी आवेदन परेको ईकाईका सबै आवेदकले (आबेदन रद्ध भएका बाहेक) अनिवार्य रुपमा ईकाई पाउने छन्  ।

एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल अन्तरगतको एनएमबी म्युचुअल फण्डले निष्काशन गरेको दोस्रो योजनाका इकाई बुधबार बाँडफाँड हुन लागेको हो । ८० करोड रुपैंया बराबरको ८ करोड इकाइका लागि लागि झण्डै ३ अर्ब ८० करोड रुपैंया बढीको आवेदन परेको थियो ।

भदौ २६ गतेदेखि निष्काशन भएका इकाईहरु सबै आवेदकले अनिवार्य रुपमा पाएका छन् । मेरोलगानीले गरेको आँकलन अनुसार हाइब्रिड फण्डका साना आवेदकले ८२ प्रतिशतको हाराहारीमा ईकाईहरु पाउने छन् भने ठुला आवेदकले १७ प्रतिशतको हाराहारीमा ईकाईहरु पाउने छन् ।

५० हजार रुपैंया भन्दा कम रकमका आवेदकले १७ प्रतिशत र सो भन्दा माथिकाले ८२ प्रतिशतको हाराहारीमा ईकाई पाउने भए पनि आवेदन रद्ध भएकाले भने रकम फिर्ता पाउने छन् । यद्यपी कति आवेदन रद्ध भए भन्ने जानकारी सार्वजनिक भएको छैन । बाँडफाँड पछि मात्र कसले कति ईकाई पाउने भन्ने वास्तविक तथ्यांक सार्वजनिक हुनेछ ।

मग गरे भन्दा धेरै आवेदन परेका कारण योजनाको आकार पनि ८० करोडबाट १ अर्ब रुपैंया पुगेको छ । शेयरमा नयाँ लगानीकर्ताको संख्या बढेको र बजारमा हुने कृयाकलापको तुलनामा म्युचुअल फण्डमा हुने लगानी सुरक्षित हुने भएका कारण त्यस्ता लगानीकर्ताको संख्या बढेको देखिएको हो । ईकाई बाँडफाँडको नतिजा बुधबार मेरोलगानीमा प्रकाशित हुनेछ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।