आरएसडिसी लघुवित्त र दिव्यश्वरी हाइड्रोले कसलाई बनाए शेयर बिक्री प्रबन्धक ?

Nov 24, 2016 Merolagani

केही समय अघि सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गरेका आरएसडिसी लघुवित्त तथा दिव्यश्वरी हाइड्रोले शेयर सम्बन्धि सबै काम गर्न बिक्री प्रबन्धक नियुक्त गरेका छन् । निष्काशन भएको साधारण शेयर बाँडफाँड समेत भई सकेर सुचिकरणको तयारीमा रहँदै गर्दा दुवै कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेका हुन् ।

आरएसडिसी लघुवित्तले साधारण शेयर निष्काशनका दौरान निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको शेयर हुने सबै लगानीकर्ताले उक्त शेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ । यस सम्बन्धमा क्यापिटल र लघुवित्तले सम्झौता गरेका छन् ।

त्यसै गरी दिव्वश्वरी हाइड्रोले पनि साधारण शेयर निष्काशनको जिम्मेवारी दिएको एस क्यापिटललाई नै शेयर बिक्रिी प्रबन्धकको जिम्मेवारी दिएको छ । यस सम्बन्धमा हाइड्रो र एस क्यापिटलका बिचमा सम्झौता भएको छ । अब दिव्यश्वरी हाइड्रोको साधारण शेयर भएका लगानीकर्ताले शेयर बेच्ने बाहेकका सबै प्रकृयाका लागि एस क्यापिटलको कार्यालय लालदरबार (जय नेपाल सिनेमासँगै) हात्तिसारमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

दुवै कम्पनीले सर्वसाधारणमा जारी भएको शेयर सुचिकरणको प्रकृया अघि बढाएका छन् । नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले शेयर सुचिकरण गराए पछि कारोबार सुरु हुनेछ ।

.....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।